वरिष्ठ पत्रकार पिटरको घोषणा: म पनि जेल जान तयार छु

राजनीति, समाचार

काठमाडौं ,  पुस २५, आज डा. गोडबली लेख्छ -“वरिष्ठ पत्रकार तथा वाम विश्लेषक नरेन्द्रजंग पीटरले सर्वोच्च अदालतमा भ्रष्टाचारको सिन्डिकेट चलेको भन्दै त्यसविरुद्ध प्रा. डा. गाेबिन्द केसीले बोल्ने हिम्मत गरेको बताए । पत्रकार पीटरले डा.केसीको सर्वोच्च अादालतमा भएको भ्रष्टाचारविरोधी अान्दोलनमा एक्येवद्धता जाहेर गरेका छन् ।

प्रहरीले डा.केसीलाई गिरफ्तार गरेलगत्तै पीटरले सामाजिक संजालामा सर्वोच्च अदालतकै सिन्डिकेटका कारण धेरै मानिसहरुको सार्वजनिक जीवन ध्वस्त भएको बताएका छन् । पीटरले लेखेका छन्, ”उहाँले भनेकाे अदालत भ्रस्ट छ, अझ म भन्छु भ्रष्टाचारको सिन्डकेट नै चलेकाे छ । त्यही सिन्डिकेटबाट धेरैकाे सार्वजनिक जीवन ध्वस्त गरिएकाे छ र ठेक्कापट्टामा न्यायको स्वीकृत हुन्छ भने अाम जनमानसको धारणाा छ । डा. केसीले अदालतप्रति उठाएका बिषय गम्भीर छन् ।”
पीटरले भरखरै भारतमा कल्लकत्ता हाइकोर्डका चीफ जस्टिस सी एस कर्णन गिरफतार परेर ६ महिनापछि रिहा भएको बताउँदै नेपालमा पनि त्यो गर्न संकेत गरे । उनले केसीलाई गिरफ्तार गर्ने फैसला प्रधानन्‍यायाधीश गोपाल पराजुलीको निजी निर्णाय भन्दै त्यसको विरोध गर्न जरुरी भएको बताए । विरोध गरेको भरमा जेल जानु पर्ने हो भने तयार हुनु पर्ने बताउँदै पत्रकार पीटरले अाफू त्यसको लागि तयार भएको घोषणा समेत गरेका छन् ।”

Facebook Comments

Leave a Reply