सुनिता गिरीको ‘माइतजाने बाटो’

समाचार

भिम दुमी सर्वहारा

माइत जाने बाटोमा
म हिँडीरहँदा
बादल पनि हिँडिरहेको हुन्छ
मसँगसँगै
आकाश पनि हिँडिरहेको हुन्छ
मसँगसँगै
बतास पनि हिँडिरहेको हुन्छ
मसँगसँगै
……..
कवि सुनिता गिरीका कविताको हरफहरु पढेपछि लाग्यो एउटा चेलिलाई माइतिको महत्व कति हुँदा हुन् । सुन्दर सपना सजाएर पराईघर गएको भएपनि माईतिघरको याद नगर्ने छोरी मान्छे कमै होलान यो दुनियाँमा । प्रवासमा बसेर कविताको माध्यामबाट शसक्त उपस्थिती जनाई रहेकी साहित्यकार पंक्तीमा नाम लेखाई सकेकी सुनिताको यो कविताले चिनाउँछ माइत के हो । माइति जाँदा सबै सबै खुशी किन हुन्छन् चेलिहरु । हर्षका आँशुहरु झर्दै जाँदा पनि शित जस्तै लछप्प किन भिज्छन बाटाहरु एकदमै भावनात्मक सम्बन्ध हुँदो हो ती सबै कुरा । पराई घरमा पुगेकी एउटी चेलिलाई माईती गाउँ छेकेको पहाड पनि माइती जस्तै लाग्छ । नेपाली उखान नै छ । माईति गाउँको कुकुर आएपनि माइति आए जस्तै रमाउ छ रे चेलिको मन सोही कुरा हो । सुनिताको माइत जाने बाटो ।


नेपाली साहित्यमा महिला कविहरुको भिडमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आएकी सुनिता गिरीको कविता संग्रह माइत जाने बाटो मेरो हातमा परेको छ । हङकङ आफ्नो कर्मथलो बनाएकी उनले आफ्नो कृति संग्रह गरेर पुस्तकको रुपमा आकार दिएकी छन् । उनको माया ममता करुणा र आक्रोशहरुलाई काव्यीक हिसाबले आफ्नो कृतिमा उतारेकी छन् । उनी भित्र नारी भित्र हुनुपर्ने सबै गुण छ । दया छ करुणा छ रिस छ विद्रोह पनि छ । यी कुराहरु उनको कवितामा भेटिन्छ । उनी नारी स्वतन्त्रताको पक्षपाती लेखिका हुन् । पुरुषवादी समाजले नारी स्वतन्त्रताको वकालत गरेको उनका लागि मजाक मात्र देखिन्छ । उनले त्यसरीनै देख्छिन् ।
कविता लेखिसकेर
नारी पस्छे भान्सामा
पुरुष पुग्छ कवि गोष्ठीमा
जहाँ वाचन गर्छ पुरुषले
नारी स्वतन्त्रताको कविता
…..
यी कविता पुरुष प्रतिको प्रहार नभएर समाजमा रहेको पुरुषवादी चिन्तनमाथीको झटारोका रुपमा आगो ओकलिएको छ । यर्थातलाई समातेर उनले आफ्नो औकात सम्झाएकी छन् । उनको कविताहरुमा यस्तै दमहरु छन् जो उनले आफु नारी भएको कुरामा कुनै अफसोस नरहेको खुलेर भन्न सक्छिन । उनी रातो रंगलाई परिवर्तन संवाहक मान्न मञ्जुर छिन् । रातो रंग सँगै जीवनको सबै सपनाहरु रंगीन लाग्छ उनलाई ।

मैले पहिलो चोटी
उपहार पाएको गुलाब
रातो थियो
त्यसैले मलाई
रातो रंग मनपर्छ
पहिलो चोटि
रजस्वाला हुँदा बगेको
मेरो रगत
रातो थियो
त्यसैले मलाई
रातो रंग मनपर्छ

कवि सुनिताको यो कविता हेरेपछि के हो रंग भनि रहनु परेन । रातो भित्रको परिर्वतन बुझे मात्र काफि हुने देख्छु म । कवितामा मानिसले बुझने सानो सानो भाव हुन्छ रे । सुनेको म बबुरोले यो कुराको बारेमा भन्नु भन्दा नी आँशुको बारेमा बोल्न सक्ने यी कविताका यात्रीलाई सोध्नु नै बढी आनन्द होला । इस्वरका विरुद्धमा समेत उभिन तयार उनी रातै रंग इश्वरलाई मन परेको देखेपछि आक्रोशित देखिन्छ । सायद बबुरो यो दिमागले यतिवेला ती महान शहिदहरुलाई सम्झी रहेको छ । उनले रंग सँग शहिदको रगतलाई सम्झेकी हुन् ।

३२ वटा कविताको थुँगा उनेर एउटामा ‘माइत जाने बाटो’ नामक माला उनेकी सुनिताको कृती सँग साक्षात्कार गरिरहँदा धरहरा र सँगै ढलेका ति सपनाहरुको याद झलझली आएको छ ।

शिरिषको पूलजस्तो रहर बोकेर
तिमी परदेसियपछि
साँइला
पग्लिरहेँ म हिउँजस्तै तिम्रा यादहरुमा

तिमी आकाश ओढेर आकाशै आकाश
विवशताको जहाज उडेदै गएपछि
उदाएथ्यो जून
त्यही जून हेरेर
मैले वेसुरमै गाएका गीतहरु
बादल, बतासले उडाउँदै
पु¥याए होलान तिम्रो मृटुछेउ
र त फर्कि आएथ्यौ तिमी
मेरो आलिङगनमा
……

(कृुति कोशेली छाडेर जाने कवि सुनिता गिरी, मेरो कोशेली सुरक्षित राख्ने कवि चन्द्र रानोहँछा प्रति आभार)

Facebook Comments

Leave a Reply