हलेसी बजारको भिषण आगलागी नियन्त्रणमा

समाचार, समाज

१८ मंसिर । खोटाङ जिल्लाको पर्यटकिय स्थल हलेसी बजारमा आगलागी हुँदा बजारमा कोलाहल मच्चिएको छ । स्थानीय मदम राईको घरबाट उब्जेको आगोले हाल सम्म ५ वटा घर पूर्णरुपमा ध्वस्त बनाएको छ ।

हलेसी बजारको दक्षिण क्षेत्रको भञ्ज्याङ पिपल चोक नजिकबाट निस्केको आगोले मदम राईका छिमेकी माझी भनिने उचित राई, अम्बर राई, तम्बर राई र खिल्ली राईको घर जलेर पुर्णरुपमा ध्वस्त भएको हलेसी तुवाचुङ नगरपालिका ७ नम्बर वडाका वडाध्याक्ष चइन्द्र राईले जानकारी दिए । यो सँगै प्रकाश गीरी लगायत अन्य छिमेकीहरुको घरहरुमा आधा भन्दाबढी क्षति पुगेका छ ।

बेलुकीको समयमा एक्कासी घरबाट आगो उठेपछि हलेसी भञ्ज्याङका स्थानीयहरुले आगोको मुस्लो देखेका र हल्ला खल्ला गरेपछि आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो । प्रयास गर्दागर्दै घरहरु धमाधम जल्न थालेको वडाअध्यक्ष राईको भनाइ छ । सुक्खा क्षेत्र रहेको हलेसी बजारमा आगो नियन्त्रणको प्रयास स्थानीय नागरिक र प्रहरीको प्रयासमा अहिले आगो नियन्त्रणमा आएको छ । एकघरबाट अर्को घरमा सर्ने सम्भावना टरेपनि अझै आगोको अवशेशहरु रहेको अध्यक्ष राईको भनाइ छ ।

आगलागीको खबर सुन्न साथ जिल्ला बाहिर रहेका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, प्रतिनिीधी सभा सदस्य विशाल भट्टराई, प्रदेश सभा सदस्य राजन राई हलेसी तर्फ जान लागेका छन् । घटनाको खबर प्राप्त हुनसाथ फेसबुक मार्फत सामाजिक सञ्जालमा दुख व्यक्त गर्दै सूचना दिएका भट्टराईले यस्तो घटना दुखद भएको बताएका छन् । यस्तै आफ्नो क्षेत्रमा यस्तो दैवि विपत्ती परेको भन्दै यसको सामना गर्नुको विकल्प नभएको प्रदेश सभाका सदस्य राजन राईले बताए । उनले भने सबैले विपत व्यवस्थापनमा सहयोग गरेका प्रति आभार व्यक्त गर्दै यो दुखमा आफुपनि सँगै रहेको बताएका छन् ।

Facebook Comments

Leave a Reply