पूर्वको पशुपतीमा आगोलागी

समाचार

एविसी खबर, पुस १८, काठमाडौं ।
पुर्वको पशुपती तथा किरात, र बौद्ध धर्मावलम्बीहरुको त्रिवेणी तिर्थस्थल खोटाङको हलेसीमा आगालागि भएको छ । हाल सम्म ११ वटा भन्दा बढि घर जलि सकेको प्रारम्भिक जानकारी आएको छ । स्थानिय मगम राईकोे घरबाट सुरु भएको आगो अन्यत्र फैलिएको हो ।

अहिले पनि हलेसी क्षेत्रमा आगोको मुस्लो बढिरहेको वरिपरी चिच्याहट र कोलाहल बढिरहेको दुर्छिमका इच्छाराम राईले फोनबाट जानकारी दिएका छन् । आगलागिको बारेमा कारण खुल्न नसके पनि खाना पकाउने ग्यास लिक भएर आगो शुरुवात भएको आशंका गरिएको छ ।

आगो नियन्त्रणको लागि दिक्तेलबाट दमकल हिडिसकेको भएपनि हालसम्म आगलागि स्थलमा दमकल आइपुगेको छैन । अहिले पनि आगो नियन्त्रन हुन सकेको छैन ।

Facebook Comments

Leave a Reply