भिमु मेमोरियल ट्रष्टले ग¥यो स्रष्टाको सम्मान

समाचार, समाज

भिम राई

काठमाडौं, १० पुस । आफ्ना पुज्य बुवा र आमाको नाममा गीतकार तथा समाजसेवि जानुका राईले स्थापना गरेकी भिमु मेमोरियल ट्रष्टले स्रष्टाको सम्मान तथा सहकर्मीको विदाई कार्यक्रम एक साथ सम्पन्न गरेको छ । निकै लामो समय यता नाट्य क्षेत्रमा निरन्तर साधनारत नाट्यकर्मी तथा यूवा निर्देशक प्रविण पुमालाई ट्रष्टले सम्मान गरेको हो । अमेरिकामा आयोजित अन्तर्रराष्ट्रिय आदीवासी जनजाती चलचित्र महोत्सवमा अवार्ड चुम्न सफल पुमालाई कार्यक्रममा खादा र टोपि ओढाएर सम्मान गरिएको हो ।

यस्तै कार्यक्रममा खोटाङ जिल्लामा जन्मेका स्वर्गीय डाक्टर रणशेर राई स्मृति अक्षयकोषले प्रकाशन गर्न लागेको स्मारिका प्रकाशनार्थ रकम समेत हस्तान्तरण गरिएको छ । भिमु मेमोरियल ट्रष्टका अध्यक्ष राईको हातबाट हाल बेलायतमा रहेर समाज सेवा तथा साहित्य सिर्जना गर्दै आउनु भएका घन थापा मगर र कृष्ण थापा मगरले श्री बुला पन्थे उ.मा.बि धितुङ बाट प्रकाशित हुन लागेको डाक्टर रणशेर राईको जीवन प्रकाशनार्थ उक्त रकम स्व रणशेर राईको छोरा महेन्द्र राईलाई प्रदान गरिएको हो । कार्यक्रमका विशेष अतिथी समेत रहनु भएका किरात राई खेलकुद संघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद तालीम तथा प्रशिक्षण बिभाग को उप निर्देशक महेन्द्र राईले सहयोगी मनहरुलाई धन्यवाद प्रदान गरेका छन् । उनले आफ्नो बुवाले समाज र राष्ट्रलाई पु¥याउनु भएको योगदान र सहयोगका बारेमा समेटेर तयार पारिएको स्मारिका चाँडै प्रकाशन हुन लागेको जानकारी दिए ।

आभाले रुँदै भनिन् ‘म पलायन हुन्न’

 

नेपाली संगीतको बजारमा चर्चाको शिखरमा पुगेकी गायीका आभा मुकारुङलाई अमेरिकाको डिभि परेको छ । अमेरिकाको चिठ्ठा परेपछि चाँडै नेपाल छाड्ने तयारीमा रहेकी आभाले सोमबार एक विदाई कार्यक्रममा आँशु झार्दै यस्तो बताएकी हुन् । भिमु मेमोरियल ट्रष्टले आयोजना गरेको विदाई समारोहमा बोल्दै नेपाल छाड्नु रहर होइन बाध्यता भएको बताउँदै गला अवरुद्ध पारेपछि हलमा उपस्थित उनका सहकर्मीहरुले आँशुको भेल नै बगाए ।

विदाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उनका सहपाठीहरुले उनलाई माया नमार्न भनि रहेको बेला मञ्चमा बसेकी आभाले मन थाम्न सकिनन् । भिमु मेमोरियल ट्रष्टले बन्दोवस्त मिलाएको कार्यक्रममा स्वयंम आभालाई भने सरप्राईज दिइएको थियो । आभाले बोल्ने क्रममा भनिन् ‘ यो मलाई सरप्राइज दिइयो । मलाई यस अघि जानकारी दिइएको थिइएन । म आचम्भीत छु ।’ ट्रष्टको सहकर्मी समेत रहेकी उनले यसो भन्दै आफ्नो धरातलमा आफै उभिन नसकेको पिडा आँशुले बोल्न खोजि रहेकी थिइन । कार्यक्रममा गीतकार संघका महासचिव शुभ मुकारुङले आभा आफ्नो आफ्न्त नै भएको भएपनि विदाईको कार्यक्रमका बारेमा सरप्राइज नै भएको बताए । उनले विछोडको आँशुहरुको भेल रोक्न विदाईलाई कार्य सफलताको शुभकामनाको रुपमा बुझ्न आग्रह गरेका थिए ।

यस्तै नाटककार तथा स्रष्टा प्रविण पुमाले भेट्नु छुट्नु समयको खेल भएको स्मरण गर्दै आभाले सम्झना संगालेर अमेरिका पु¥याउने कुरमा विस्वास व्यक्त गरेका छन् । उनले विस्व अहिले निकै साँघुरो घेरामा आइसकेको बताउँदै तनले टाढा पु¥याएपनि मनले सँधै नजिक रहिरहन आग्रह गरे ।

कार्यक्रममा बोल्दै ट्रष्टका अध्यक्ष जानुका राईले यो सम्झनाका लागि गरिएको एउटा कार्यक्रमका रुपमा बुझिदिन आग्रह गरेकी छन् । भरखरै युकेको ग्रिन कार्ड त्यागेर नेपाल वसोवास गर्न आएकी जानुका राईले आफुले विदेशमा बसेर नेपालको मायालाई भुल्न नसकेको भन्दै नेपाल आएको भोली पल्ट नै आफ्नो हितैषी सहकर्मीको अमेरिका यात्राको कुरा सुन्दा केही अफ्ठयारो लागेको भएपनि बाध्यता बुझेको बताईन । कवि तथा गीतकारका रुपमा समेत अग्रणी रहेकी जानुकाले काव्यीक तथा भावुक मन्तव्य दिँदै अमेरिकामा बसेरपनि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागि रहन आग्रह समेत गरेकी छन् । उनले नेपाली गीत संगीतलाई मन पराउने ति श्रोता तथा दर्शकको मायालाई गायीका आभाले भुल्न नहुने बताएकी छन् ।

कार्यक्रममा किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र राईले ट्रष्टको यस्तो कार्यक्रमले स्मरण योग्य काम गरेको बताउँदै गायीका आभा मुकारुङको अमेरिका बसाई पूर्णरुपमा सफल रहोस भनेका छन् । उनले नेपाली सेलिब्रेटीका रुपमा स्थापित गायीका मुकारुङले अमेरिका बसाईमा समेत आफ्ना प्रतिभा सुरक्षित राख्न पर्ने समेत बताए ।

रातोपुल स्थित रक हाउस क्याफेको हलमा सम्पन्न कार्यक्रममा गायीका पार्वती राई, कला राई, मनिता राई, गीतकार चन्द्रा चाम्लिङ लगायतको उपस्थिती रहेको थियो । नाटककार प्रविण पूमा र खेलाडी महेन्द्र राईलाई टोपि र खादा ओढाएर सम्मान गरिएको कार्यक्रमको संचालन यूवाकवि तथा साहित्यकार बम बानीयाले गरेका थिए ।

 

Facebook Comments

Leave a Reply