बाम गठबन्धन सम्पर्क मञ्चले दियो बधाई

राजनीति, समाचार

एविसि खबर
काठमाडौं, १० पुस । भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधीहरुलाई बाम गठबन्धनका खोटाङ काठमाडौं सम्पर्क मन्चले बधाई तथा शुभकामना दिएको छ । काठमाडौंको गौरी शंकर पार्टी भेन्युमा सयुक्त कार्यक्रम गरी विजयी नेताहरुलाई शुभकामना तथा बधाई दिइएको हो ।

शुभकामना तथा बधाई दिने क्रममा सम्पर्क मञ्चका नेता तथा कार्यकर्ताहरुले जिल्लाको समग्र विकासमा दत्तचित्त भएर लाग्ने सुझाव पनि दिएका छन् । जनताले विस्वास दिएर खोटाङका तीनै जना बाम गठबन्धनका नेताहरुलाई जिताएकाले जनताको विस्वासलाई घात नगर्न, जिल्लाको समृद्धी र विकासका कार्यलाई कुनै कसर बाँकी नराखी सम्बोधन गर्न नेताहरुलाई सुझाव दिइएको थियो ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय कार्यलय सदस्य तथा प्रमुख अतिथि टंक राईले नेताहरुको काम अब चौतर्फी रहेको धारणा राखेका थिए । उनले मुलुकलाई अग्रगती तर्फ लैजान आवश्यक कानुन निर्माण गर्दा सक्रियता पूर्वक सहभागी भई खोटाङे जनताको शिर निउराउने गरी काम नगर्न सुझाव दिएका छन् ।

शुभकामना दिने क्रममा एमाले केन्द्रिय सदस्य खगेन्द्र राईले जनताको जनमतले नेता बनाएको भन्दै अव जनताको बिचमा निर्वाचनको बेलामा गरिएको प्रतिवद्धता पुरा गराउन तर्फ ध्यान दिन आग्रह गरे । उनले हिजो जनताको घर आँगनमा गरिएको प्रतिवद्धताको स्मरण गराएका छन् ।

यस्तै कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले जिल्लाको समग्र विकासमा ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा कवि तथा साहित्यकार माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार जसराज किराती, खोटाङ जिल्लाका निवर्तमान सांसद तथा एमाले नेता पाँचकर्ण राई, माओवादी केन्द्रका स्थायी समिति सदस्य अमेम्बर राई, खोटाङ जिल्ला समन्वय समिति अध्यक्ष तथा एमाले खोटाङ अध्यक्ष बबि चाम्लिङ, माओवादी केन्द्र पोलिटब्युरो सदस्य समिता कार्की अस्मिता, माओवादी केन्द्रका खोटाङ इन्चार्ज ध्रुव बुडाथोकी धिरेन, जिल्ला संयोजक देवान किराती पृथ्वी, एमाले नेता हरि पोख्रेल, कर्ण घले लगायतका दर्जन बढी नेताहरुले शुभकामना सहित सुझाव दिएका थिए ।

कार्यक्रममा खोटाङबाट प्रतीनिधी सभा बिजेता बिशाल भट्टराईले आफुले खोटाङे जनताको शिर झुक्ने किसिमको कुनै काम नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जिल्लाबाट गठबन्धनका तर्फबाट विजयी बनाउन लागेका सम्पुर्ण मतदाता, नेता, कार्यकर्ता, सम्पर्क मञ्चका नेता कार्यकर्ता सबैलाई धन्यवाद दिएका छन् । प्रदेश सभा क्षेत्र नम्बर १ राजन राई र प्रदेश सभा क्षेत्र नम्बर २ बिजेता राम कुमार राई ‘पासाङ्ले जिल्लाको विकास र समृद्धीका लागी काम गर्नेअवसर दिलाउने सम्पुर्ण खोटाङवासीलाई स्मरण गर्दै आफुहरुको बुत्ताले भ्याएसम्म राम्रो काम गर्ने बताए । उनले सबै खोटाङे जनताको सल्लाहा सुझाव लिएर जिल्लाको समृद्धीको लडाईमा सामेल हुने वचन दिएका छन् । नेपाली जनताले मूलुकको स्थायित्व, अग्रगति र स्थिर सरकारकालागि मतदान गरेको भन्दै खोटाङ जिल्ला भौतिक पूर्वाधारमा पछि परेकाले बिकास र समृद्धको बाटो नखुलेको उनीहरुको ठम्याई रहेको छ ।

 

Facebook Comments

Leave a Reply