क्रिसमसको बढ्दो प्रभाव

एविसि खबर, पुस ९ ।
काठमाडौं । नेपाल धर्म निरपेक्ष मुलूकका रुपमा स्थापित भई सकेपछि नेपालका क्रिश्चियन धर्मवालम्बीहरुको आत्मबल समेत बढेको पाइएको छ । काठमाडौँको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ठमेल क्षेत्रमा क्रिसमस डे को अघिल्लो साँझ यसको रौनकता देखिएको थियो ।

सँधै जसो विदेशी पर्यटकको घुँइचो लाग्ने ठमेल बजारमा विदेशी भन्दा स्वदेशी नागरीकहरुको बाक्लो उपस्थिती देखिएको ठमेलमा ह्याप्पी क्रिसमसमा रमाउने पनि नेपाली नागरिकहरु नै बढी पाइएको छ । क्रिसमस इभका दिन क्रिश्चियन धर्मावलम्बीहरु त रमाउने ने नै भए तर गैर क्रिश्चियनहरुको समेत हाँसो र खुशी उतिकै देखियो ठमेल बजारमा । यसो त नेपालका विभिन्न शहरहरुमा व्यवसायीक रेष्टुरेण्टहरुले क्रिसमस विशेष कार्यक्रमहरु गरेर अहिलेका यूवा पूस्तालाई आकर्षण दिने काम समेत गरेका छन् । ठुला ठुला पाँचतारे होटल तथा साना मझौला यस्ता व्यवसायीहरु सबैले यो कार्य गररिहेको देखियो । मुलतः पश्चिमा मुलुकका ग्राहकहरुलाई आकर्षण गर्न ठुला र नाम चलेका कम्पनीहरुले यस्ता खालका कार्यक्रमको विशेष सेलिब्रेशन गरेका थिए ।

काठमाडौँको दरबारमार्ग तथा ठमेल क्षेत्रका होटल, रेष्टुरेण्ट, दोहोरी साँझ, तथा डान्सबारहरुमा आइतबार बेलुका साँझ देखि राती अबेर सम्म खुट्टा राख्ने ठाउँ थिएन । सबै तिर क्रिसमस टोपी लगाएका स्वदेशी तथा विदेशी नागरिकहरुले भरिभराउ स्थानहरुमा नाचगान चलिरहेका थिए । गल्लि गल्लिमा उतिकै मानिसहरुको भिड सल्बलाई रहेको दृष्यले सायदै नेपालमा अरु धर्मावलम्बी पनि होलान र ? भन्ने आभाष दिएको जस्तो देखिएको थियो ।

त्यसो त राजधानीका सोल्टी क्राउन प्लाजाले गार्डेन टेरेस रेष्टुरेन्टलाई झकिझकाउ बनाएको छ । त्यहाँ रमाइलो गर्न प्रतिव्यक्ति चार हजार खर्च गर्नुपर्ने आयोजकले जनाएको छ । दरबारमार्गको होटल अन्नपूर्णको प्रेक्षालयमा क्रिमसस नाइटको रौनकता व्यापक देखिएको थियो । त्यहाँ क्रमस फेसन शो, बलिउड डान्स, बेली डान्स, म्युजिक, कमेडी र डिजे सेसन चलेको छ । यसका लागि पन्ध्र सय रुपैयाँ टिकट तोकिएको श्रोतले जानकारी दियो ।

गोकर्ण फरेष्ट रिसोर्टले आइतबार साँझ अनलिमिटेड मनोरञ्जन दिने कार्यक्रम राखेको छ । त्यहाँ डिजे पुनितको डिजेइङमा कम्मर मर्काउन पाइनेछ । प्रवेश शुल्क प्रतिव्यक्ति सात हजार रुपैयाँ तोकिएको गोकर्णको क्रिसमस इभमा अनिलिमिटेड स्न्याक्स, डिं«क, बुफे, डुअर प्राइज लगायतको आकर्षण छ ।

दरबारमार्गको द भिक्टोरी लाउन्जमा सविन राईले गीत स्ुनाएका छन् । जिंगल एन्ड मिंगल दिस क्रिसमस शीर्षकको इभमा आगन्तुकले सात बजेदेखि रमाइलो गरेका थिए । यता ठमेलको इबिजा लाउन्जमा दृश्य व्यान्डले तहल्का मच्चाएको छ ।

कुपन्डोलस्थित ब्रिक्स क्याफेले पनि क्रिमसम इभमा आगन्तुकलाई रमाइलो गराएको छ । त्यहाँ मिठोमसिनो परिकारसहित लाइभ म्युजिकको स्वाद दिइएको थियो । गंगबुस्थित बिजी मलको चौथो तलामा रहेका बसिल क्याफेले आइतबार साँझ आठ बजेदेखि मनोरञ्जनात्मक कार्यक्रममा लाइभ म्युजिक दिएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment