नेताको काम देश बनाउने

एबिसी खबर, पुस ८, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टंक राईले नेताको काम देश सञ्चालन गर्ने कानुन बनाउने बताएका छन् । खोटाङ जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा र प्रदेश सभाको सदस्यलाई सम्मान पत्र वितरण तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनताको अपेक्षा विकास निर्माणको भएपनी संसदको काम पृथक रहेको भन्दै उनले जितेका संसदलाई विकासको नाममा पुल पुलेसामा नअल्मल्याउन आग्रह गरेका छन् । उनले, ‘जनताको काम गर्न पुल पुलेसा र बाटो होईन जनताको जीवनस्तर उकास्ने नियम बनाइ राम्रो बाटो लाग्नु पर्छ’ भनेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले विगतमा स्थाई सरकार नभएकाले विकास नभएको औंल्याउदै पछिल्लो अवधिमा नेपाली जनताले मूलुकको स्थायित्व, अग्रगति र स्थिर सरकारकालागि मतदान गरेको बताएका छन् । खोटाङ जिल्ला भौतिक पूर्वाधारमा पछि परेको भएपनी मानविय सूचकाङ्कमा पछि नपरेको जानकारी दिदै अब जिल्लाको सार्वांगीण विकासमा जोड दिने बताए ।

यस्तै कार्यक्रममा आदीवासी जनजाती पत्रकार आन्दोलनका अग्रज पत्रकार प्रतापसिँ नाछिरिङले जिल्लाको ईतिहाँसमा आफ्नो भूमिका गौण देखिए पनि आफुले अन्र्तराष्ट्रिय स्तरमा नेपालको चिनारी दिन सहभागि भईसकेको जनाउदै नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेशसभाका विजयी नेताहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

यस्तै किरात राई यायोख्खाको पूर्व अध्यक्ष तथा दुमी किरात राई फन्सीकिमको अध्यक्ष चतुरभक्त राईले खोटाङ जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरूलाई समय अनुकुल विकास गर्न अनिवार्य रहेको विचार व्यक्त गरेका छन् । उनले किराती समुदायको ऐतिहासिक दस्तावेज बनाउन नसक्दा राज्यको संयन्त्रमा हाम्रो पँहुच विस्तार नभएको बताए ।

साथै कार्यक्रममा प्राध्यपक तथा लेखक डा धनप्रसाद सुबेदीले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेशसभाका विजयी नेताहरुलाई शुभकामना व्यक्त गरे ।

काठमाडौं, सरस्वतीनगर स्थित फलैचा रेस्टुरेन्टमा खोटाङ पृष्ठभूमि भएका काठमाडौं स्थित केहि पत्रकारहरूको सकृयतामा कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment