म हारेँ तर हामी हारेका छैनौ : अशोक राई

धरान ।

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले निर्वाचनमा भाग लिएपछि हारजितलाई सहज रुपमा लिनुपर्ने बताएका छन् ।

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका राईले आफू पराजित भए पनि पहिचान र समानताको मुद्दा पराजित नभएको जिकिर गरे ।

मंगलबार धरान–१० स्थित सैनिक भवनमा आयोजित चुनावी समिक्षा बैठकमा राईले भने, ‘चुनावमा गएपछि यस्तै हुन्छ । तर हामी हारेका छैनौ ।’
उनले चुनावका बेला दिनरात खटेर सहयोग गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरु सबैलाई धन्यवाद समेत दिए । उनले संगठनलाई अझै मजबुत बनाएर अघि बढ्नका लागि कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

सो क्रममा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुले आआफ्नाे गुनासो र सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा निर्वाचन परिचालन मूल समितिका संयोजक ध्यानबहादुर राईले निर्वाचन सम्बन्धी समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनी पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव समेत हुन् ।

सुनसरी-१ मा नेपाली कांग्रेस र संघीय फाेरमबीच चुनावी गठबन्धन बनाइएकाे थियाे । तर एमाले र माअाेवादी गठबन्धनका उम्मेदवार जय रार्इले अशाेक रार्इलार्इ पराजित गरेका छन् । जय रार्इ एमालेका जिल्ला समितिका सदस्य थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment