किरात प्रदेश नामाकरण नभए आन्दोलन

मोरङ । किरात राई यायोक्खाका केन्द्रीय नेताहरुले एक नम्बर प्रदेशलाई किरात स्वायत्त राज्य नबनाए आन्दोलन चर्काउने चेतवनी दिएका छन् ।
यायोक्खाको मोरङ मिक्लाजुङ गाउँपालिका समितिले शुक्रबार आयोजना गरेको उधौली कार्यक्रममा बोल्दै नेताहरुले सो कुरा बताएका हुन् । कार्यत्रममा यायोक्खा केन्द्रीय उपमहासचिव तिलकप्रसाद राई, किरात राई विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राई, मोरङ जिल्ला सचिव कृष्ण राई, स्थानीय बुद्धिजीवी हर्क छिन्ताङ राई लगायतले बोलेका थिए ।

वक्ताहरुले एक नम्बर प्रदेशसभाले प्रदेशको नाम किरात स्वायत्त राज्य राख्नेमा आफूहरु विश्वस्त रहेको भन्दै किरात नाम नराखिए आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।
यायोक्खा गाउँपालिका समिति अध्यक्ष रामकृष्ण राईको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा विजेता गाउँपालिका अध्यक्ष देविप्रसाद आचार्य, २ नम्बर वडा अध्यक्ष गौरी राई, सदस्यहरु नैनबहादुर राई, मोहन राई, कमलकुमारी राई, कृष्णकुमारी बिकलाई सम्मान गरिएको छ ।

उधौलीको अवसरमा साकेला थानमा सामुहिक पुजापछि साकेला नाचिएको थियो ।
सो स्थालमा यायोक्खा आफैले रकम संकलन गरेर पाँच कट्ठा जग्गा किनेर साकेला थान स्थापना गरेका हुन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment