यस वर्षको एसइइ ८ चैतबाट

०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) ८ चैतबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालयले ६ लाख भन्दा बढी विद्यार्थीका लागि तयारी गरेको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार ८ चैतबाट सुरु हुने परीक्षाका लागि पनिकाले उत्तरपुस्तिका छपाईका लागि टेण्डर भइसकेको छ र प्रश्नपत्रको तयारी भइरहेको बताए । यस वर्षको एसइइमा एक्जाम्डेडलाई पुरानो पाठ्यक्रम र नियमितलाई नयाँ पाठ्यक्रम अनुसार प्रश्नपत्र तयार हुने नियन्त्रक रेग्मीले बताए ।

एसइइ परीक्षा दिने विद्यार्थीको एकिन बिबरण आइनसकेको र अहिले जिल्लामा इन्ट्री भइरहेको छ । पनिकाले ६ देखि सवा ६ लाख विद्यार्थी हुने अनुमान गरि तयारी गरिरहेको ।

८ देखि सुरु हुने एसइइ साधारणधारको १७ चैतमा र प्राबिबधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिकका छ । पनिकाले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन गर्दैछ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment