खोटाङमा गठबन्धनका रामकुमार विजयी

खाेटाङ । प्रदेशसभा २ (ख) खोटाङमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ) विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार पासाङले १८ हजार ३७२ मत ल्याएर विजयी भएका हुन् ।
पासाङको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका विष्णकुमार राईले १२ हजार २३९ मत प्राप्त गरेका छन्। लोकतान्त्रिक गठबन्धनका विष्णुकुमारलाई वाम गठबन्धनका पासाङले छ हजार १३३ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०४१ सालबाट राजनीति सुरु गरेका पासाङ २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सभाष्द भएका थिए । खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा २०२५ साल वैशाख १४ गते जन्मिएका पासाङ २०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील रहेका थिए ।
नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुकाे सह प्राककाे सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका उनी साकेला मावि रतन्छाबाट उनकाे राजनीतिक यात्रा भएकाे थियाे । पासाङ खम्बुवान राष्ट्रिय मुक्ती मोर्चामा २०४९ देखि २०५८ सालसम्म क्रियाशील रहेका थिए । त्यही ताका माअाेवादी निकट लिम्बुवान मुक्ति माेर्चा सँग एकीकरण भएकाे केही समय किरात वर्कस पाटी निर्माण गरेर केन्द्रीय सदस्य रहेका उनी किवपा र माअाेवादी पार्टी एकीकरण पछि सगरमाथा जनकपुर ब्युराे सचिवालय सदस्य रहेका थिए । २०६० सालबाट माओवादीसँग एकीकरण भएपछि विभिन्न जिम्मेवारी सम्हालेका थिए ।
पार्टी भूमिगत हुँदा खोटाङ, भोजपुर, संखुवासभा र उदयपुरको जिल्ला इन्चार्जसमेत सम्हालेका थिए । भूमिगत अवस्थामै रहेको बेला २०५९ सालमा खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको भिडन्तमा सेनाको गोली लागेर घाइते भएका थिए ।
२०६२÷०६३ मा सैन्य विभागको बिग्रेड कमाण्डर समेत रहेका पासाङ तत्कालिन नेकपा माअाेवादीकाे केन्द्रीय सदस्य रहेका उनी माओवादी केन्द्र भएपछि पोलिटब्युरो सदस्य हुन् । करिब ३३ वर्षको राजनीतिक अनुभव बटुलेका पासाङ जिल्लामा रहेका ईमान्दार तथा निष्ठावान नेता मानिन्छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment