खोटाङको प्रारम्भिक नतिजामा वाम गठबन्धन अगाडि

मंसिर–२१, खोटाङको प्रारम्भिक मत गणनाको नतिजा अनुशार वाम गठबन्धनका उम्मेद्वार अघि देखिएका छन् । आज बिहिबार राती साँढे नौं मा सार्बजानिक पहिलो परिणाम अनुशार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनले अग्रता लिएका हुन् ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयस्थित चार कोठामा मत भईरहेको गणना अनुसार ३ हजार ७२ मत गणना भएकोमा प्रतिनिधिसभामा वाम गठबन्धन (एमाले) का बिशाल भट्टराईले १५ सय ३० मत र लोकतन्त्र गठबन्धनको तर्फबाट कांग्रेसकी सरस्वती बजिमयले बजिमयले १ हजार ४२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, संघीय समाजबादी फोरमका कृष्णकुमार राईले ६१ र नयाँ शक्तीका मदन राईले १ सय ५८ मत ल्याउनुभएको छ ।
यता, प्रदेशसभा (क) मा कांग्रेसका सुवासकुमार पोखरेलले २ सय ३८, वाम गठबन्धन (एमाले) का राजन राईले ४ सय ७ मत, संघीय समाजबादी फोरमका नविन राईले २२ मत प्राप्त गर्नुभएको छ । जम्मा ७ सय ५० मत गणना भएकामा ६४ मत बदर भएको छ ।
१६ सय २३ मत गणना भएकोमा प्रदेशसभा (ख) मा कांग्रेसका बिष्णुकुमार राईले ६ सय १९ र वाम गठबन्धन (माओबादी केन्द्र) का रामकुमार राईले ८ सय १४ मत, संघीय समाजबादी फोरमका टंक थापाले ६५ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेलुका करिब साँढे ७ बजेदेखि मत गणना सुरु गरिएको हो । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment