खोटाङ बेलुकी सातबजेबाट मत गणना शुरु हुँदै

खोटाङ । मंसिर १० गते अर्थात गएको ११ दिन अघि मतदान भएको खोटाङमा प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनको मतगणना बिहिबार बेलुकीबाट हुने भएको छ । बेलुकी सात बजेबाट मत गन्ने कार्य शुरुहुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पहिलो चरणमा गत मंसिर १० गते सम्पन्न निर्वाचनको मतपेटिका जिल्ला अदालत तथा मुख्य निर्वाचन अधिकृतको कार्यलयमा राखिएको थियो । मतगणनाको लागि सम्पुर्ण ब्यवस्था मिलाईसकिएको मुख्य निर्बाचन अधिकृत किशोर घिमिरेले बताएका छन् । उनले साँझ पाँच बजेभित्र उम्मेदवारको मतगणना प्रतिनिधि नियुक्त गरिसक्ने र बेलुकाको खाना खाएपछि कडा सुरक्षाबीच मत गणना थाल्ने निर्णय बुधबार बसेको सर्बपक्षीय बैठकले गरेको जानकारी दिएका छन् ।

मत गणनाका लागि तार जालीले बारेर चार वटा कोठा तयार पारिएको छ । हरेक दुई घण्टामा मत गणनाको परिणाम माईकिङ गरी सार्वजनिक गर्ने गरी गणनाको तयारी गरिएको जनाईएको छ । मत गणनास्थलमा प्रवेश पाएका उम्मेदवार वा प्रतिनिधि, गणनामा खटिएका कर्मचारी, अनुगमनकर्ता, पत्रकार लगायतलाई सुरक्षाकर्मीले अदालतको गेट, भवनको मुल ढोका र मत गणनास्थानमा उक्लने सिँढीमा चेक गर्ने व्यवस्था मिलाइएको छ । मत गणनास्थलमा रहेका जुनसुकै ब्यक्तिलाई जुनसुकै समयमा सुरक्षाकर्मीले खानतलासी गर्न सक्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।

यसै गरी बिहिबार साँझबाट सुरु गरिने मत गणनाका लागि तयारी पूरा भइसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतका चार वटा कोठामा मत गणना गर्ने तयारी गरिएको छ । दुई वटा कोठामा प्रतिनिधिसभाको मत, एक वटा कोठामा प्रदेशसभा (क) र अर्को कोठामा प्रदेशसभा (ख) को मत गणना गरिने सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताए । मत गणना स्थलको सुरक्षाका लागि अहिले तार जालीले बार्ने काम भइरहेको छ । मत गणनाका लागि हरेक उम्मेद्वारका चार जना प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । गणनामा सहभागी हुने उम्मेद्वारका प्रतिनिधिलाई तार जालीभन्दा बाहिर राखिने मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खोटाङमा बेलुका ७ बजेबाट मत गणना सुरु गर्ने तयारी गरिएको छ । मूख्या निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा बुधबार बसेको सर्वदलीय बैठकले बेलुका ७ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फको मत गणनापछि मात्र समानुपातिकतर्फको मत गणना गरिने जनाइएको छ । हरेक दुई घण्टामा मत गणनाको पछिल्लो परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment