प्रथम खोटाङ आइडल हुने

खोटाङ,

खोटाङमा खोटाङ आइडलको तयारी गरिएको छ । आयोजक नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले बिहिबार हलेसी साप्ताहिकको कार्यालयमा पत्रकार सम्मेलन गरेर ‘खोटाङ आइडल’ सञ्चालन गर्न लागेको जानकारी दिएको हो । साकेला गाउँपालिकाको रतन्छाबाट मंसिर २३ गतेदेखि सुरु हुने छनौट अडिसन पुस १७ गते दिक्तेलमा आएर टुंगिने छ ।

चौथो अडिसनपछि भोटिङ राउण्डमा पुग्ने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद ५४ हजार ५७४ का साथमा ६ महिना संगीत विद्यालयमा अध्ययनको अवशर, एउटा गीत रेकर्डको व्यवस्था तथा ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक जीवनकुमार राईले बताए । यस्तै, दोश्रो हुने प्रतिभाले नगद २४ हजार ५७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड, तथा तेश्रो हुने प्रतिभालाई नगद १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवशर प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, बेस्ट भोलकलाई नगद दुई हजार ५७४ का साथमा प्रभाणपत्र प्रदान गरिने जानकारी दिइएको छ ।

आगामी मंसिर २३ गते रतन्छा, मंसिर २५ गते दिप्रुङ गाउँपालिकाको पञ्चमी, मंसिर २७ गते खोटेहाङ गाउँपालिकाको खोटाङबजार, मंसिर २९ गते जन्तेढुंगा गाउँपालिकाको चिसापानी, पुस १ गते बराहपोखरी गाउँपालिकाको साउनेचौंर, पुस ५ गते केपीलासगढी गाउँपालिकाको बाक्सिला, पुस ८ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, पुस १० गते लामीडाँडा गाउँपालिकाको खार्पा, पुस १२ गते हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, पुस १४ गते रुपाकोट मझुवागढी नगरपालिकाको बुईपा र पुस १७ गते सदरमुकाम दिक्तेलमा छनौट चरणको अडिसन सञ्चालन हुने आयोजकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment