‘केपी ओलीसँग ४० वर्ष संगत गरेकाे छु, प्रचण्डजीले उहाँलार्इ चिन्नुभएकाे छैन’

धरान । संघीय समाजवादी फोरम नेपाल वरिष्ठ नेता तथा सुनसरी–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक राईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई चिन्न नसकेको टिप्पणी गरेका छन् ।

आइतबार लोकतान्त्रिक गठबन्धनद्वारा धरानको भानुचोकमा आयोजित आमसभामा राईले खड्ग ओलीसँग आफूले चालीस वर्ष संगत गरेको भन्दै प्रचण्ड र ओलीको संगत नचल्ने दाबी गरे । ‘नेपाली कांग्रेसलाई प्रहार गर्नका लागि खड्ग ओलीजीले प्रचण्डजीलाई प्रयोग त गर्नुभयो,’ उनले भने, ‘तर प्रचण्डजी तपाईको संगत केपी ओलीसँग चल्दैन । मैले चालीस वर्ष संगत गरेको छु । प्रचण्डजीले केपी ओलीजीलाई चिन्नु भएकै छैन ।’

केपी ओलीले प्रचण्डलाई प्रयोग मात्रै गरेको राईको भनाई छ । ओलीले आफ्नाे स्वार्थ पूरा भएको दिन प्रचण्डलाई धोका दिने उनले बताए । उनले प्रचण्ड एक दिन कांग्रेससँगै सहमति गर्न आउने दाबी समेत गरे । ‘भोलि तपाईले नेपाली कांग्रेससँगै सहमति गर्न आउनुपर्ने छ,’ आमसभामा प्रचण्डलाई राईले भने, ‘यो नेपाली राजनीतिको निष्कर्ष हो ।’ उनले केपी ओलीले जसरी आफूहरुले मुठीभरको सरकार र मुठीको नेपाल बनाउन नखोजेको बताए । आफूहरुले माओवादी केन्द्र मात्रै हैन गल्ती सुधार गरे एमालेलाई समेत समेटेर जाने बताए ।

‘केपी ओलीजीले जस्तो बामपन्थीको सरकार, मुठीभरको सरकार, मुठीको नेपाल हामीले खोजिरहेको छैनौ,’ नेता राईले भने, ‘हामीले त सबैलाई समेटेर लाने कुरा गरेका छौ । हामी माओवादी केन्द्रलाई पनि समेटेर लैजान्छौ, एमालेलाई पनि समेटेर लैजान्छौ तर एमालेले आप्mनो गलत बाटो सुधार्नुपर्छ ।’ उनले कुनै लोभ लाभका लागि नभएर सबैको सम्मान सबैको पहिचान हुनुपर्छ भनेर आपूmहरुले जनतासँग भोट मागिरहेको बताए । ‘हामी फराकिलो बिचार लिएर भोट मागिरहेका छौं,’ उनले भने, ‘हामी कुनै लोभ लाभका लागि हैन, सबैलाई सम्मान सबैलाई पहिचान हुनुपर्छ भनेर भोट मागिरहेका छौ ।’

धरानका जनताले पटकपटक एमालेलाई जिताएको भए पनि सधै जनता हार्दै आएको मतदाताको गुनासो रहेको राईले बताए । ‘मतदाताहरुको गुनासो मैले सुनेको छु, हामीले एमालेलाई धेरै पटक जितायौ तर हामी सधै हार्यौ भन्ने गुनासो छ,’ उनले भने, ‘यसपटक हामीलाई जिताउनुस र अाफू पनि जित्नुहोस ।’

Facebook Comments

सम्बन्धित

Leave a Comment