पहिलाे पटक गाउँपालिका प्रमुख कराते कप हुने

खाेटाङ जिल्लाकाे केपिलास गढीमा नेपालकै पहिलाे गाउँपालिका प्रमुख कप अामन्त्रित कराते प्रतियाेगीता हुने भएकाे छ । जिल्ला स्थित नेपाल सिताेरियाे कराते संघ शाखा डाेजाे बाक्सिला र केपिलास गढी गाउँपालिकाकाे संयुक्त अायाेजनामा प्रतियाेगिता हुन लागेकाे हाे ।
प्रथम केपिलासगढी गाउँ पालिका प्रमुख कप अामन्त्रित राष्ट्रिय कराते प्रतियाेगीता २०७४ नाम दिईएकाे प्रतियाेगिता मंसिर २६ र २७ गते हुने बुधबार अायाेजित पत्रकार सम्मेलनमा जानकारी दिईएकाे छ । प्रतियाेगितामा कास्की, साेलुखुम्बु, उदयपुर,अाेखलढुँगा, सिराहा,तेह्रथुम,संखुवासभा, कैलाली, सिन्धुपाल्चाेक, सिन्धुली, खाेटाङ र अायाेजक गरि १२ टिमकाे सहभागितम रहने सम्मेलनमा जानकारी दिईएकाे छ । प्रतियाेगिामा जम्मा २०४ जना खेलाडी सहभागी हुने अायाेजकले जानकारी दिएकाे हाे ।


खेलमा १७ वटा स्वर्ण , १७ रजत, ३४ काँस्य गरेर जम्मा ६८ पदक रहने छ । भने टिम प्रथमलाई नगद रु ५० हजार, दाेस्राेलाई ३० हजार, तेस्राेलाई २० हजार नगद सहित ट्रफी र प्रमाणपत्र सहित उपलब्ध गराइने बाक्सिला डाेजाे प्रमुख देउधन राईले सम्मेलनमा जानकारी दिएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment