चुनावीसभा चितवनमा वाम गठबन्धनका शिर्ष नेताकाे सम्बाेधन

चितवन। नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले निर्धारित चुनावीसभालाई नै माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र तथा माअाेवादी केन्द्रका पाेलिटब्युराे सदस्य प्रकाश दाहालकाे श्रद्वाञ्जलीसभाका रुपमा गर्ने भएपछि चितवनमा वाम गठबन्धनका शिर्ष नेताद्वय कमरेड केपी अाेली र क प्रचण्ड उपस्थित भएका छन् ।

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डका छाेरा साथै पार्टी पाेलिट ब्युराे सदस्य कमरेड प्रकाश दाहाललाई श्रद्वाञ्जलि दिन लाखाैँकाे जन सागर उर्लिएकाे हाे ।

कार्यक्रममा एमाले र माअाेवादी केन्द्रका कार्यकर्ता एवं सर्व साधरणकाे व्यापक उपस्थित रहेकाे छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment