एमाले-माके गठबन्धन बाहुनवादीहरुको जत्था होः सिके लाल

मंसिर ५ ।

काठमाडौँ । राजनीतिक विश्लेषक तथा लेखक सिके लालले नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन नृजातीय बाहुनवादीहरुको जत्था भएको बताएका छन् ।

एउटा पत्रिकाले ‘कम्युनिस्ट र साम्यवाद’ सम्बन्धी लामो लेख लेख्दै नेकपा एमाले र माओवादी केन्द्र लगायतका कम्युनिस्टहरुले आदर्शवाद परित्याग गरेर जातिवादलाई मूल कार्यक्रम बनाएको दाबी गर्दै महेन्द्रलाई पितृ थापेर फासिवादी राष्ट्रवादको सफल काट्ने गरेको बताएका छन् । सिके लाल अगाडि लेख्छन्, “आदर्शवाद परित्याग गरेर जातिवादलाई मूल कार्यक्रम बनाएका नेपाली ‘कम्युनैलिस्टहरू’ महेन्द्रलाई पितृ थापेर फासिवादी राष्ट्रवादको फसल काट्छन् ।”

“नेकपा (एमाले–मा) गठजोड संशोधनवादी एवं नृजातीय बाहुनवादीहरूको जत्था हो” सिके लालले लेखेका छन् । उनले मधेसी दलले सिद्धान्तको मधेसवाद परित्याग गरेर चुनावी मैदानमा उत्रेका समेत बताएका छन् । “सिद्धान्तको ‘मधेसवाद’ आवरण परित्याग गरेर दुई नम्बर प्रदेशको चुनावी लाममा कुनैबेलाका आन्दोलनकर्मीहरू निर्वस्त्र खडा छन्” उनले लेखेका छन् । उनले सामान्य मधेसी आन्दोलनकारीहरूमा आँट भएको तर क्षमता नभएको बताएका छन् । त्यसैगरी उनले जनजाति अगुवाहरूसँग क्षमता भएको तर आँट नभएकाले ती केही गर्न नसक्ने बताएका छन् ।

त्यसैगरी सिके लाले आफ्नो लेखमा अन्तिमा भनेका छन्, “चुनावले यथास्थितिलाई वैधानिकता दिन्छ । लामो सुरूङको अँध्यारो यात्राका लागि परिवर्तनकामीहरूले तयारी सुरू गरे हुन्छ ।”

Facebook Comments

सम्बन्धित

Leave a Comment