खोटाङमा ससफोका उम्मेदवारहरु

मंसिर ५ ।

१ लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा संघीय समाजबादी फोरमकातर्फबाट उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि डा. कृष्णकुमार राई, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नबिन राई र क्षेत्र नम्बर २ बाट टंकबहादुर थापा छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा राई हाल घरदैलो अभियान गरिरहेका छन् । खोटाङको दिप्रुङ स्थायी घर भएका उनी इमान्दार, क्षमतावान र बौद्धिक तहका नेता मानिन्छन् । चिकित्सक समेत रहेका डा राईले आपूm विजयी भए खोटाङको प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

खोटाङमा तत्काल अपरेशन गर्नुपर्ने खालका विरामी भए ठूलो रकम खर्च गरेर हेलिकप्टरमार्पmत ज्यान बचाउनका लागि काठमाडौ लानुपर्ने बाध्यता कायम रहँदै आएकामा डा राईले तत्काल इमरजेन्सी सेवासहितको स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने उनको जोड छ ।
उनले पैसा खर्च गरेर जितेका उम्मेदवारले जनताको विकास गर्न नसक्ने बताएका छन् । निर्वाचनमा आपूmले गरेको खर्च उठाउनतिर लाग्ने भएकाले त्यस्ता व्यक्तिले खोटाङको विकास गर्न नसक्ने उनले बताए । पैसा बाँडेर भोजभतेर खुवाएर जित्ने जनप्रतिनिधिले जनताको हितमा काम गर्न नसक्ने भएकाले सचेत भएर मात्रै मतदान गर्न खोटाङबासीसँग उनले अपिल समेत गरेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment