अक्टोबर क्रान्तिको शतवार्षिकि समारोहका लागि नागरिक समिति गठन

अक्टोवर क्रान्तिको शतवार्षिकी मनाइदै
अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन
काठमाडौं । २९ , असोज ।
नेपाल ल क्याम्पसमा शनिवार भएको वामपन्थी चिन्तक, लेखक, कवि, संस्कृतिकर्मी, राजनीतिकर्मी, समर्थकहरुको भेलाले अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन गरेको छ । अक्टोबर क्रान्तिको सय वर्ष पुगेको अवसरमा विविध कार्यक्रम गरि उत्सवमय रुपमा अक्टोवर क्रान्तिको सम्मान र सम्झना गर्न समिति गठन गरिएको बताइएको छ । विभिन्न वामपन्थी दलमा आवद्ध तथा स्वतन्त्र सयभन्दा बढी व्यक्तित्वहरुको भेलाले नब्बे सदस्यीय आयोजक समिति र एकतीस सदस्यीय नागरिक समितिको सचिवालय गठन गरेको हो ।
भेला आयोजक समन्वय समितिका तर्फबाट इतिहासविद् तथा पूराना वाम नेता मुरारी अर्यालले कार्यक्रम संचालन गर्दै भेला आयोजनाको आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो । भेला आयोजक समितिको तर्फबाट कवि तथा लेखक शरद पौडेलले पेश गर्नुभएको नागरिक अपिललाई भेलाले अनुमोदन गरेको थियो ।
विचार गोष्ठी, कविता गोष्ठी, सडकमा सांस्कृतिक उत्सव र सडकमै भोजको आयोजना गरि अक्टोवर क्रान्तिको शतवार्षिकी उत्सव मनाउने र वर्षैभर विविध कार्यक्रम आयोजन ागर्ने पनि भेलाले निणर्य गरेको छ ।
नागरिक समितिले अक्टावर क्रान्तिको महत्वलाई प्रष्ट पार्दै अपिलमा अगाडी भनेको छ–
अक्टुबर क्रान्ति भन्नाले रुसका जनताले पेट्रोगाड ९पछिको लेनिनग्राड० सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिष्ट क्रान्तिलाई बुझिन्छ । त्यतिवेला चलेको क्यालेण्डरअनुसार ई।१९१७ को अक्टुबर २५ मा सम्पन्न यो कम्युनिष्ट क्रान्तिको मिति यतिबेलाको पात्रोअनुसार नोवेम्बर ७ मा पर्दछ ।
अक्टुबर क्रान्ति रुसका जनताले कम्युनिष्टहरुको बोल्सेविक पार्टीको अगुवाइमा गरेका थिए । यो क्रान्तिले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना गरेको थियो । कम्युनिष्टलगायतका क्रान्तिकारीहरुले ई। १८७१ मा विद्रोहमार्फत केही समयको लागि फ्रान्सको पेरिस सहरमा कम्युन पनि नबनाएका होइनन तर अक्टुबर क्रान्ति स्तरको कम्युनिष्ट क्रान्ति भने संसारमा कतै भएको थिएन ।
अक्टुबर क्रान्तिको बाटो कम्युनिष्ट क्रान्तिकारीहरुको बाटो हो । परम्परागत राज्यसत्ताको दमनकारी चरित्रको अन्त्य कम्युनिष्टहरुको उद्देश्य हो । वर्गविहीन समाजको स्थापनामार्फत राज्यसत्ताको समुल नष्ट कम्युनिष्टहरुको लक्ष्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यपछि सबैले आफ्नो क्षमताअनुरुप अर्थतन्त्र र मानव समाजको विकासमा योगदान गर्नु अनि सबैले आफ्नो आवश्यकताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिष्टहरुको अभिष्ट हो ।
साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरुले पश्चिमा संसारमा विकसित ५०० वर्षको पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रुपमा विभाजन गरी मानिस(मानिसबीच पर्खाल निर्माण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई चकनाचुर पार्दै रुसी कम्युनिष्टहरुले संसारको लागि रोटी र शान्ति, जनताको लागि रोजगार, साम्राज्यवादीको लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द गरे । त्यसैको फलस्वरुप रुसी जनता युद्ध होइन क्रान्ति, जनता बिरुद्ध होइन शोषण विरुद्ध हतियार भन्दै कम्युनिष्ट क्रान्तिलाई युगान्तकारी विजयको रुपमा हेर्न समर्पित भएका थिए ।
आजको संसार यसै युगान्तकारी कम्युनिष्ट क्रान्तिको उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति ९ज्ञान, सूचना, सेबा०, संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानता प्रतिको संगठित बिद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । आज संसारभरि नै मार्क्सवाद तथा द्वन्द्वात्मक भौतिकवादी राजनीतिक दर्शनका वाहकहरुको वर्चश्व पनि यही युगान्तकारी क्रान्तिको परिणाम हो ।
भेलामा वरिष्ठ वामनेता स्वनाम साथी, मुरारी अर्याल, अनिल शर्मा, टेक बलम्पाखी, लेखक, कवि, प्राध्यापक–शारदा रमण, इस्माली, विप्लव प्रतीक, स्नेह सायमी, डम्बर चेम्जोङ्ग, शरद पौडेल, विद्या भट्टराई, राजेन्द्र महर्जन, उषा तितिक्षु, सोमत घिमिरे, उज्जवल प्रसाई, मातृका पोखरेल, आर एम डंगोल, बलराम तिमिल्सिना, केशव सिलवाल, रघु घिमिरे, वलराम थापा, संगीत श्रोता, नरेश ज्ञवाली, अशोक सुवेदी, राजु स्याङ्गतान सहित सय बढी लेखक, कलाकार, साहित्यकार, वम कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । भेलाले निम्न बर्णनाक्र अनुसारको नागरिक समितिको सचिवालय गठन गरेको छ–
अमर विक
इश्माली
उषा तितिक्षु
कान्ति न्यौपाने
खगेन्द्र संग्रौला
नरेश ज्ञवाली
पदमराज जोशी
पिंकी गुरुङ्ग
बन्धु विक्रम क्षेत्री
बलराम तिमिल्सिना
बिनोद लोहनी
मातृका पोखरेल
मुरारी अर्याल
यादव देवकोटा
युग पाठक
रघु घिमिरे
आर एम डंगोल
राजेन्द्र महर्जन
रबि प्रसाद गुरागाई
रोशन जनकपुरी
शारदा रमण नेपाल
सागर साथी
संगीत श्रोता
शरद पौडेल
सीता ओझा
सुभाष साह
स्नेह सायमी
स्वनाम साथी
तीन जना पछि थप गरि सचिवालय एकतीस सदस्यीय बनाउने पनि भेलाले निणर्य गरेको छ ।

Facebook Comments

Related posts

Leave a Comment