मतादेशले पुस्टि गर्यो, ठुला दलहरु ले पनि रास्ट्रिय आकार लिन सकेको रहेनछ

झिल खिम्बुले राई-

नेपालका इतिहासमा पहिलो पटक स्थानीय तहको निर्वाचन तिन चरण गरेर सम्पन्न भएको छ l पहिलो र दोस्रो चरणको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको थियो भने नेपालि काङ्ग्रेस दोस्रो र माओबादी केन्द्र तेस्रो पार्टी बनेको थियोl संगै संघीय समाजवादी फोरम नेपाल रास्ट्रिय प्रजातन्त्र पार्टी लाई उछिन्दै चौथो पार्टी बनेको थियो l संसदको पहिलो दल काङ्ग्रेस लाई पछी पार्दै दोस्रो ठुलो दल एमालेले दुई चरणको निर्वाचनमा आफुलाई अब्बल सावित गराए l

त्यस्तै  प्रदेश नम्वर २ जुन मधेशी बाहुल्य क्षेत्र हो जहा तेस्रो चरणको निर्वाचन भर्खरै सम्पन्न भएको छ l एक महानगर सहित १३६ स्थानीय तहको निर्वाचन सम्पन्न भएको प्रदेश नम्वर दुईमा नेपालि कांग्रेस पहिलो संघीय समाजवादी फोरम नेपाल दोस्रो रास्ट्रिय जनता पार्टी तेस्रो माओवादी केन्द्र चौथो र नेकपा एमाले पाचौ पार्टी बनेको छ l जनताको यो मतादेस अध्ययन गर्दा पहाड अर्थात दुइ चरण जहा पहाडी हिमाली भेगमा निर्वाचन भए त्यहा नेकपा एमाले पहिलो पार्टी बने र काङ्ग्रेस माओबादी दोस्रो तेस्रो भएका थिए l तर जवकी मधेसी बाहुल्य क्षेत्र प्रदेश नम्वर २ को मत परिणाम हेर्दा पहाडमा पहिलो शक्तिको रुपमा देखिएको नेकपा एमाले किन कसरि पाचौ पार्टी मा खुम्चिन बाध्य भए? र पहाडमा चौथो पाचौ भएको शक्ति महानगर जस्तो स्थानीय तहमा जितेर मधेशमा किन दोस्रो तेस्रो शक्ति हुन् सफल भए?र पहाडमा पहिलो बनेको शक्ति किन मधेसमा पनि पहिलो शक्ति बन्न सकेन? यो गम्भिर समिक्षा र सोचनीय बिसय बनेको छ आज चिया पसल देखि सिंहदरबार सम्म यो बिसयले बहसको कोटी पाएको छ l यो मतपरिणाम लाई आधार मान्ने यदि हो भने नेकपा एमाले सहितका ठुला राजनीतिक दलहरू पनि क्षेत्रीय दल हो भन्ने पुस्टि भएको छ l

नेपालको राजनैतिक इतिहास अस्थिरपनको राजमार्ग उन्मुख भएर आजको यो वेचैन परि क्षितिजमा रुमली रहेको प्रस्ट छ l जहानिया एकतन्त्रीय राणा शासन हुदै निरंकुश पंचायती ब्यावस्था को जन्जिरमा फस्दै हजारौ सहिदहरुको बलिदानि पूर्ण योगदान बाट आजको नामरुपी गणतन्त्रमा प्रवेश गरेको छ l पंक्तिकार ले किन नाम मात्रको गणतन्त्र भनेर सम्बोधन गरेको छ भने गणतन्त्रको आवरणमा संविधान जारि गरेता पनि आम नेपालि बिबिधता को अनुहार नदेखिएको हुनाले वस्तुत यो आवरणरुपी गणतन्त्र हो l रुपत्वमा गणतन्त्र भए पनि सारत्वमा गणतन्त्र को मर्म र भावना अनुरुप व्याबहारिक पाटो गौण भएको प्रस्टै छ l गणतन्त्र र विभेद घाम र छाया जस्तै हुन् जुन संगै रहनै सक्दैन l नेपालमा काङ्ग्रेस एमालेको को संगठित इतिहास पुगनपुग लगभग सात दशक पुगेको पाइन्छ l तर उसले पनि रास्ट्रिय आकार लिन नसकेको छर्लंग देखिन्छ l राजनीति दल सम्वन्धि विश्वको उदाहरण हेर्दा कुनै पनि परिवर्तनकारी शक्ति रास्ट्रिय दलको आकार लिन लगभग त्यो राजनीतिक दलले एउटा मानव जीवन को समय अवधि पार गरेको हुनु पर्दछ l शक्तिशाली रास्ट्रहरुको शक्तिशाली पार्टीहरुको आयु हेर्दा जुन कुराको पुस्टि पनि भएको देखिन्छ l तर नेपालमा कांग्रेस एमालेले लगभग एउटा मानव जीवनको आयु पार गरेता पनि रास्ट्रिय आकार लिन नसकेको हिजो र आजको मतादेस बाट बुझ्न सकिन्छ l

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेता पनि उ देशै भरिको जनताका मतादेस का आधारमा पहिलो पार्टी नबनेको २ नम्वर प्रदेशको निर्वाचन मतपरिणाम ले देखाएको छ l उसले आफु रास्ट्रिय दल हो भनि घमण्ड गरेता पनि दुइ नम्वर प्रदेशमा पाचौ पार्टी भएर उसले क्षेत्रीय दल भनेर आरोप लगाउने दल भन्दा झन्डै दोब्बर कम मत ल्याएको हुदा उसको तर्क राजनीतिक प्रोपोगान्डा मात्र रहेछ भन्ने बुझ्न सकिन्छ lनेपालका राजनीतिक दलहरुले प्राप्त गरेको मतपरिणाम लाई केस्रा केस्रा गरेर केलाउने हो भने ठुला दलहरु भनाउदा को अवस्था साच्चिकै निस्चित भूगोल जाति समुदाय र क्षेत्र मा मात्र सिमित पकट रहेको देखिन्छ l नेपालि कांग्रेस डडेलधुरा केन्द्रित, माओबादी केन्द्र रुकुम रोल्पा केन्द्रित, एमाले पहाडे रास्ट्रवादको नारा घन्काएर पहाडिया खस आर्य केन्द्रित, र मधेसी दलहरु तराई केन्द्रित आधार बनाएर आफ्नो जग निर्माण गरेको देखिन्छ l

सयौ वर्ष देखि राज्य सत्ता को श्रोत दोहन गरेर बनाएको एकांकी दृष्टिकोण र मनोविज्ञानवालाहरुले आफु भन्दा फरक बिचार यदि कुनै वर्ग र समुदायले उठान गरि राजनीतिक दल खोल्यो भने उसलाई ट्याग भिराउने परम्परा अतिनै पेचिलो बनेर आएको छ l त्यो नेपालका बिग हाउस भनौदा संचार माध्यम देखि सवै तह र तप्का का पक्ष बाट उसलाई कि मधेसी नेता कि जनजाति नेता कि मुस्लिम नेता कि महिला नेत्री आदि उपमा दिने गरिन्छ l उसले कहिले पनि नेपालका नेता अर्थात रास्ट्रिय नेताको उपमा पाउनै सक्दैन, उसको दलले उठान गरेको राजनीतिक मुदा अध्ययन नगरी त्यो दललाई क्षेत्रीय दल को उपमा दिने गरिन्छ, एउटा बाहुन समुदायको समस्या पनि रास्ट्र को समस्या मधेशी समुदायको समस्या पनि रास्ट्र समस्या आदिवासी समुदायको समस्या पनि रास्ट्रको समस्या हो भन्ने जब सम्म आभास गरिदैन र त्यसलाई सहि तरिकाले ब्यावस्थापन गर्न सक्ने राजनीतिक दलका नेताहरुले हैसियत राख्दैन तव सम्म एउटा मानव जीवन त के सयौ पुस्ता को आयु गुज्रे पनि राजनीतिक दल क्षेत्रीय नै हुन्छ l र मुलुक सधै अनिर्णयको बन्दि बनिरहने छ l जसलाई क्षेत्रीय दल भनेर उपमा दिने गरेका थिए उनीहरुले अव विस्तारै रास्ट्रिय आकार लिने र परिवर्तनकारी धारको नेतृत्व गर्ने आम राजनीति शास्त्रका जानकारहरू बताउन थालेका छन् l रास्ट्रिय भनौदा दलहरु अव प्रतिगमन उन्मुख हुने लक्षण देखिएको छ, र प्रकारान्तरले यिनीहरु धुर्विकरण को नाममा एउटा कित्तामा उभिने निश्चित देखिएको छ l जस्तो भर्खरैको मतपरिणामलाइ हेर्दा त्यो देखिन्छ lll

Facebook Comments

Related posts

Leave a Comment