नेपाली कांग्रेस बाँकेले गर्यो उम्मेदवार सिफारिस

२१ असोज, नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । नेपाली कांंग्रेस बाँकेले ३ संघीय क्षेत्र र ६ वटा प्रादेशिक क्षेत्रको लागि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय समितिहरुबाट प्राप्त सिफारिसका आधारमा नाम चयन गरेर जिल्ला कार्य समितिले केन्द्रमा पठाएको कांग्रेस बाँकेका सचिव तप्त पौडेलले जानकारी दिए ।

कांग्रेसले क्षेत्र नम्बर १ बाट संघीय संसदका लागि प्रत्यक्षतर्फ पोषण केसी, नारायण सिग्देल, ज्ञानु केसी, हुर्मत न्यौपाने र माधवराम खत्रीको नाम सिफारिस गरेको छ । सिफारिसमा परेका पोषण पत्रकार महासंघका पूर्व महासचिव हुन् भने सिग्देल २०७० को संविधान सभा निर्वाचनका पराजित उम्मेदवार हुन् । त्यस्तै न्यौपाने तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।

यता क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ राजकुमार बर्मा ९कुर्मी०, निरञ्जन सिंह सिजापती, मोहम्मदी सिद्दीकी, याकुब अन्सारी र अब्दुल हमिद सिद्दिकीको नाम सिफारिस भएको छ । क्षेत्र नं। ३ का लागि प्रत्यक्षतर्फ युवराज शर्मा, बादशाह कुर्मी, महेन्द्र मल्ल र चिनुमाया कुँवरको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. १ को प्रदेश (क) मा प्रत्यक्षतर्फ तप्त पौडेल, रामकुमार राढ, कृष्ण पौडेल, रामचन्द्र मौर्य र संगीता चौधरीको नाम सिफारिस भएको छ भने प्रदेश ९ख० मा प्रत्यक्षतर्फ बलराम शर्मा, नारायण गौडेल, चिन्तामणि धिताल र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २ को प्रदेश (क) मा प्रत्यक्षतर्फ गोपालप्रसाद अधिकारी, कैलाश कशौधन, मैकुलाल बाल्मिकी, लक्ष्मीनारायण शाह, राजकुमार साहु र सचिन्द्र चौधरीको नाम सिफारिस भएको छ । यसैगरी समानुपातिकतर्फ फनबहादुर गुरुङ, परमेश्वरी पाठक, जगदिशप्रसाद कुर्मी, मायादेवी गुरुङ, रत्ना राणा र हनिफ खाँलगायत सिफारिसमा परेका छन् ।

क्षेत्र नं. २ कै प्रदेश (ख) मा प्रत्यक्षतर्फ सुनिल नरसिंह राणा, सुरेन्द्र हमाल, रमेश गुप्ता, सुदीप राणा, अच्यूत प्रसाईँ, निजामुद्दिन सिद्दिकी, जितेन्द्र गुप्ताको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ हेमन्त कर्माचार्य, कृष्णसिंह परियार, प्रदीपकुमार श्रेष्ठ, डा. सुरेश कुमार कनोडिया प्रह्लाद लखेर, कमलादेवी भट्ट, माया पुन सिफारिसमा परेका छन् ।

क्षेत्र नं. ३ को प्रदेश (क) मा प्रत्यक्षतर्फ मेघराज वली, कपिलदेव शर्मा, देवफल यादव, चन्तराम थारु देवबहादुर केसी, प्रकाश शाही, केशब शाह लगायतको नाम सिफारिस भएको छ । यसैगरी समानुपातिकतर्फ खलिल खाँ, दशरथ थारु, ज्ञानबहादुर वली, कृष्णप्रसाद सापकोटा, निर्मला रोकाया लगायत प्रादेशिक सांसदका लागि सिफारिसमा परेका छन् ।

क्षेत्र नं. ३ कै प्रदेश (ख) मा प्रत्यक्षतर्फ दुखीराम लोनिया, रामेश्वर कँडेल, हरिभक्त उप्रेती, नरबहादुर खड्का, छब्बन खाँ, कृष्ण विक रसाईली लगायतको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ नवराज थापा, खगिसरा सुनार, भीम बहादुर विक, हरि प्रसाद ढुंगाना, जीपनाथ सापकोटा सिफारिसमा परेका छन् ।

संघीय संसदतर्फ समानुपातिकमा किरण कोइराला, सर्वतारा खानम, राकेश श्रीवास्तव, प्रल्हादबहादुर कार्की, पुतला आचार्य, राजु थापा, नक्की खाँ, कृष्णमान श्रेष्ठ, कृष्ण सिंह परियार, आशा विक, गगन विक, मोतिलाल खड्कालगायत सिफारिसमा परेका छन् ।

Facebook Comments

Related posts

Leave a Comment