ऐसेलुखर्क गाँउपालिका विकासको लागि सुझाव संकलन सम्पन्न

काठमाडौं, २१ असोज ।
खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालीका प्रमुख विश्वनाथ निरौलाको उपस्थितीमा आज काठमाडौंमा चियापान तथा सुझाव संकलन कार्यक्रम समपन्न भएको छ । हाल काठमाडौंमा बसोवास गर्ने खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालीकाको विभिन्न वडाका बुद्धीजिवी तथा सरोकारवालाहरुले उक्त गाँउपालीकालाई नमुना गाँउपालीका बनाँउन विभिन्न सुझावहरु दिएका हुन् ।

उक्त कार्यक्रममा गाँउपालिका प्रमुख विश्वनाथ निरौलाले अस्पताललाई व्यवस्थित गर्न प्रयासरत रहेको बताए । त्यस्तै विद्यालयमा विद्यार्थी संख्या घटेको प्रति चिन्ता व्यक्त गर्दै, विद्यार्थी आकार्षण गर्न प्रत्येक वडामा अंग्रेजी माध्यमबाट पढाई संचालन गर्ने बताए । निरौलाले मन्तव्यको क्रममा विकास सम्बन्धि विगतमा भएको विकृृतीलाई औल्याउदै उनले भने “कागजका योजनाहरु पास भएका छन्, नालाहरु खोलामा फालिएका छन्, पोखरी नखनी पलास्टीमा माछाका भुरा राखेर बजेट फोरफरा भएका छन् ।” त्यसै क्रममा ऐसेलुखर्क गाँउपालीकामा इन्टरनेट सेवा विस्तार गर्नका लागि महाविर पुनको संस्थाको उपाध्यक्षसँग कुरा गरेको भएता पनि विविध चुनौंती रहेको बताए । त्यस्तै युवा स्वरोजगार अन्तर्गत (CTEVT) सँगको सहकार्यमा प्राविधिक सिप विकासको लागि रु २५ लाख बजेट छुट्याएको गाँउपालिका प्रमुख निरौलाले जानकारी दिए ।

कार्यक्रममा सडक, विजुली, शिक्षा, स्वस्थ्य, संचार देखि युवा स्वोरोजगार, कृषि पकेट क्षेत्रको विकास, मार्वल ढुङ्गा उद्योग, जंगल, जडिबुटी, कागज कारखाना सम्मका सम्भावना सम्बन्धि सुझावहरु थिय । यसै क्रममा पत्रकार तथा उक्त कार्यक्रमका संचालक भिम राईले संचार क्षेत्रको विकासमा जोड दिंदै, ऐसेलुखर्क गाँउपालीका विकास गर्नको लागि ६ महिनामा के गर्न सकिन्छ, २ वर्षमा के गर्ने, ५ वर्षमा के गर्ने भनेर आवधिक योजना ल्याउनु पर्ने बताए । त्यस्तै सिन्दुरे ढुङ्गा लिदिङखोला लघु जलविधुत आयोजनाका अध्यक्ष हेमकाजी पुरीले लिखित सुझाव गापा प्रमुख निरौलालाई बुझाएका छन् ।

लामो समय शिक्षण पेसामा रहेर विताएका समाजसेवि व्यक्तित्व जितेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बुद्धिजिवि महेश पुरी, समाजसेवि यूवराज गुरुङ, नेपाल सरकारका शाखा अधिकृत सहजीत राई, पूर्व शिक्षक तथा समाजसेवी लबकुमार राई, बेपत्ता पारिएका व्यत्तिको छानविन आयोगका सचिव नृपध्वज निरौला लगायतले आफ्नो शुभकामना तथा सुझावहरु राखेका थिए । दुई चरणमा भएको कार्यक्रममा अन्य सहभागीहरुले लिखित तथा मौखिक सुझावहरु समेत राखिएको कार्यक्रममा विभिन्न वडाबाट प्रतिनीधित्व भएको थियो ।

Facebook Comments

Related posts

Leave a Comment