सङ्घीय समाजवादी र राजपाबीच चुनावमा तालमेल गर्ने सहमति

काठमाडौं २०, असोज । सङ्घीय समाजवादी फोरम, नेपाल (ससफो) र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधि र प्रदेश सभाको चुनावमा साझा उम्मेदबारी दिने निर्णय गरेका छन् ।

शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै दुई पार्टीले आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा उम्मेद्वारको रुपमा चुनावमा भाग लिने जनाएको हो।

फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले हस्ताक्षरित विज्ञप्तीमा असमनता, विभेद, भेदभाव एवम् उपेक्षा, शोषण र उत्पीडनलाई अन्त्य गर्नका लागि संयुक्त रुपमा निर्वाचनमा भाग लिने जनाइएको छ । साथै अन्य राजनीतिक पार्टी/दलहरूसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुबै पार्टी संयुक्त रूपले सहभागी हुने वा सहकार्य गर्ने सहमति गरिएको छ ।

Facebook Comments

Related posts

Leave a Comment