कविता – चम्चा

-एमसी सुमित–

यी हातहरू
कस्तरी लुला बनाइए
कि टिप्नै सक्तैनन् आफ्नो गांस
प्रत्येक युगमा
प्रत्येक अभागी मान्छेहरूले ।

सेमिनार,
अधिनेशन,
पोलिट्ब्युरो,
राजकीय भ्रमण,
संसद भवन,
शिखर सम्मेलन
जहां पनि
चम्चाहरू सकृय छन्
चम्चाहरू शक्तिशाली छन् ।

प्रेटोलको लाइन,
म्यानपावरको फारम,
छात्रवृत्तिको कोटा,
बढुवाको फाइल,
सांसदको टिकट,
मन्त्रीको लिस्ट
जहां पनि
चम्चाहरू सकृय छन्
चम्चाहरू शक्तिशाली छन्।

सुनको
वा टिनको
चम्चाहरू आफै खान्छन्
र महान बन्छन्
भोको पेटहरूको भतेरमा।
तल,
माथी,
जताततै
दांत कोट्याउदै
उग्राउछन् निर्णयहरू चपाएर
र टांङ फारी(फारी
पिसाव फेर्दै हिड्छन्
निर्धाहरूलो निर्दोष हस्ताक्षरमा।

Facebook Comments

Related posts

Leave a Comment