एकताबाट ठग कम्युनिस्ट पार्टी बन्ने पक्का छ

Balaram Timilsina

– बलराम तिमल्सिना “विप्लप” –

अहिले वाम एकताबाट सुरु गरेर पार्टी एकतासम्म पुग्ने भनेर जुन अप्रत्यासित घटनाक्रम अघि बढेको छ , यो चानचुने कुरा छैन । वाम तालमेल स्वभाविक र अनिवार्य छ र त्यो ठीक छ त्यसको हामीले स्वागत गर्नु पर्छ ।


जहाँसम्म पार्टी एकताको कुरा छ, त्यसमा सय पटक सोचेर एक पटक काट्ने माओको भनाईलाई सम्झनु पर्छ । एउटै पार्टी बनाउनु नराम्रो कुरा होइन ।तर कस्तो पार्टी बनाउँने र त्यो यथार्थमा क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्छ कि जनता झुक्याउँने ठग कम्युनिष्ट पार्टी बन्छ भन्नेमा सवै होसियार हुनै पर्छ । विना होसियारी “जसो जसो वाहुन वाजे उसै उसै स्वाहा “गर्यो भने त्यो ठग कम्युनिष्ट पार्टी नै बन्ने लगभग पक्का छ र हामीलाई नयाँ ठग पार्टी बनाउँने कुनै रहर र खाँचो छैन।ठग पार्टी त अहिले पनि गल्लीभरि छन् ।


हामीलाई संसदीय रछ्यानमा पौडी खेलेर जिन्दगीभर नअघाउँने मोटो सुँगुर पनि चाहिएको छैन । हामीलाई वाँकि बसेको अगुल्टो पनि पानीमा चोपलेर नानीहरूलाई सीतलहरमा मार्नु पनि छैन । हामीलाई क्रान्तिको मृत्युको घोषणा पत्र लेख्ने अपराध पनि गर्नु छैन। वरु विगतमा कम्युनिष्टको नाममा जान या अन्जानमा भएका गल्तिहरूप्रति माफी माग्दै भविष्यमा नदोहोर्याउँने र समाजवादको प्राप्तिकोलागि जस्तो संघर्षको जरुरत पर्छ त्यस्तै संघर्ष गर्न तयार रहने हो । जस्तो परे पनि हतियार उठाइन्न भनेर साम्राज्यवादका अगाडि ङिच्च दात देखाउने कम्युनिष्ट पार्टी बनाउँन नयाँ दुख नै गर्नु पर्दैन , अहिलै छ्यास्छ्यास्ती छन् । माथि चर्चा गरेजस्तै असली कम्युनिष्ट पार्टी निर्माण गर्ने संभावना देखियो भने पार्टी एकता पनि गर्ने हो र त्यस्तो देखिएन बरु भएको आगो पनि निभ्ने देखियो भने खुरुक्क अलग हुने हो ।


त्यसैले अहिलेको तालमेल र एकता वारे हल्का फुल्का टिप्पणी गर्ने होइन वरु हाम्रो गौरवपूर्ण इतिहास र त्यो इतिहासमा वलिदान गर्ने महान सहिदहरूलाई संझेर गंभीर भएर सोच्ने हो ।


हामीले क्रान्तिकारी चेतनाको आगो निभ्न नदिने र सर्वहारा वर्गको स्वतन्त्र पहलकदमी गुम्न नदिने सर्तमा एकता वारे बहस पनि गर्न सक्छौं र आधारभूत कुरा मिले एकता पनि गर्न सक्छौं ।तर हतार हतार ठूलो पार्टीका कार्यकर्ता वन्ने रहरमा हाम्रा प्रिय सपनाहरूको हत्या गर्न सक्दैनौं । यो कुरा हामीले सँधै संझिरहनु पर्छ ।

यो कुरा प्रचण्ड, प्रकाश, वादल, के पी, झलनाथ, माधव, र वावुरामले बुझे हुन्छ – कम्युनिष्ट कार्यकर्ता कसैले किनेर ल्याएका अन्जान खसी बाख्रा होइनन् जुन बधशालासम्मै लुरुलुरु डोरिन्छन। तिनले आफ्नै आँखाले हेर्छन, आफ्नै टाउकाले सोच्छन, सही लागे सहयात्रा गर्छन ( पछि लाग्छन होइन) गलत लागे माओवादको प्रयोग गर्छन-“It is right to rebel !”

Facebook Comments

Related posts

Leave a Comment