कम्युनिष्ट पार्टीको नाममा एउटा बहस र छलफल चलाउने कि ?

लोचन केसी

कम्युनिस्ट को हो र को होईन ?
त्यो छुट्टाउनु अघि कम्युनिस्ट के हो र के होईन भन्ने वारेमा प्रष्ट हुन जरुरी हुन्छ ।  करिब चार दशक पहिले कोकाकोला र चाउचाउ खानेलाई पुजीवादी एजेन्ट भएको आरोप लगाई कार्बाही गर्ने तत्कालीन क्रान्तिकारी कमरेडहरु अहिले पच्ने र पाक्ने जति सबै खादाहुन्छ भन्ने विश्लेषक भएका छन ।

मोटो श र पतलो स मध्य यो र त्यो क्रान्तिकारी र गैह्रक्रान्तिकारी को दोहोरी गाउने कामरेडहरु ह्रासो ‘युू र दिर्घ यू ‘ बीच राष्ट्रघाती र देशभक्त भन्दै जुझ्दै हिड्ने पनि यहि छन ।

नेकपाका सस्थापक लाई गद्दार पुस्पलाल भनेर किताब नै लेख्ने क्रान्तिकारी कमरेड (भलै पछि आत्मालोचना गरे भन्थे ) ती पनि यहि छन ।

तेस्तै चरीत्रका हिसाबले भन्ने हो भने मौका मिल्नेसाथ महिलाको इज्जत लुट्न पछिनपर्ने यौन पिपासु नै आज धेरैजसो पार्टीको पिबिएम,सिसिएम, एचक्युएम भएका छन ।

थेप्चो नाक र चुच्चे नाकवाला मा कुन क्रान्तिकारी भन्ने सम्मका पनि आज यहि छ्न । तेस्तै अफुलाई कम्युनिस्ट भन्ने अनि कोरामा बस्ने, गैह्र जातिले चुलोमा छोए डल्लाउछ भन्ने सबै जातीय समुदायबाट अएका क्रान्तिकारी यहि छन । विपि कम्युनिस्ट होईनन र पनि उनी कोरामा बसेनन । तसर्थ को क्रान्तिकारी ? को गैह्रक्रान्तिकारी ? को कम्युनिस्ट ? को गैह्रकम्युनिस्ट ? आज छुट्टयाउन नै गारो भैरहेको अवस्था छ ।

तरपनी अवस्था भयावह भैसकेको भने छैन । त्यसैले अब साच्चिकै आजको एक्काईसौ शताब्दीका कम्युनिस्ट क्रान्तिकारीहरुमा हुनुपर्ने न्युनतम आधार के के हुन ? ज्ञान, व्यवहार र आचरण के कति र कस्तो हुनुपर्ने हो ? एउटा वस्तुपरक बहस र छलफल आवश्यक भएको छ ।

उक्त प्रकारको बहस र छलफल पछि सिद्धान्तनिष्ठ एकता र धुर्बिकरणको लागि सहकार्य वा मोर्चाबन्दी ले के कती बल पुग्नेछ भन्ने सायद बताइ रहन नपर्ला पनि ।

तर तत्कालै वा अहिले नै त्यस प्रकारको बहस र छलफल बाट परिणामको अपेक्षा गरियो भने त्यो परिपक्व हुदैन । यसर्थ यस्तो अवस्थामा अहिले हामीसग रहेभएका तिनै सैद्धान्तिक आधार छाडिसकेका र इगोको राजनीतिमा टिकेका वैचारिक हिसाबले सामन्ती सोचका घोतकहरु नै किन नहुन जो घोषित रुपमै वाम एकता र सहकार्यको विरुद्ध उभिएका छन र उनीहरुको सोच, विचार र चिन्तन अनुसार उहाँहरूलाई काङ्ग्रेससगको सहकार्य चाहिएको छ र त्यो निजहरूको सैद्धान्तिक पक्षले अंतरमन देखि दिएको दबाब हो( त्यसलाई समेत अझै पर उछिट्याउन नदिने र पार्टी र राजनैनिक कार्यदिशा जहाँ जानू र लानुपर्ने हो त्यलाई वल पुर्याउने हेतु सकेसम्म वाम(प्रगतिशील सहकार्य, एकता र धुर्विकरणको पक्षमा उभिने
अन्यथा, नेपालमा अहिले एउटा नयाँ बिचारको पनि प्रयोगबारे अभ्यास भैरहेको छ र त्यो हो जीत्नको लागि जस्तोसुकै शक्ति, समुह वा व्यक्तिसग पनि तालमेल गर्ने र जितेपछि आफ्नो नीति, योजना लागू गर्ने बिधि र विचार । यो पनि एउटा पक्ष हो

Facebook Comments

Related posts

Leave a Comment