सुतेका बाघ नब्युँतिन्जेल …

– बल्दीप प्रभास्वर चाम्लिङ —

नन्दबहादुर पुन, ओनसरी घर्ती, रामबहादुर थापा, बलराम घर्ती, नवीन राेका, पृथ्वी सुब्बा गुरूङ, सुवास नेम्वाङ, गाेपाल किराँती, परशुराम तामाङहरू सत्ताधारीकाे पिछलग्गु नभएर समकक्षी (counter-part) हुन्थ्याे भने सहिद लखन थापाकाे प्रतिमा भत्काउन त्याे नाथे जाबाे जिसि थर गरेकाे मेयरलाई पनि आँट आउने थिएन ।

मै हुँ भन्ने नेपालका भाषाविदहरूले नेपाली भाषाकाे बाेलाई र लेखाईलाई सरल बनाएर संशाेधन गर्ने उदेश्यले नेपाल प्रज्ञाप्रतिष्ठानलाई बुझाएकाे प्रतिवेदनमा “राणा” लाई “राना” र “शाह” लाई “साह” बनाउने शिफारिस गर्ने हिम्मत गरेन । “ण” अक्षर प्रचलन बाहिर छ । आखिर “ण” काे काम “न” ले गरेकाे हुन्छ । अंग्रेजीमा ण र न लाई na नै लेखिन्छ । जस्ताे, राणा/ राना (rana) । अन्य सबै शब्दबाट “ण” हटाएर “न” बनाउनु पर्छ भन्ने सुझाव दिनेहरूले “राणा” शब्दकाे “ण” हटाएर राना बनाउनु पर्छ भन्ने हिम्मत गर्न सकेनन् । किनकि “राणा” शब्दमा शक्तिकाे मनाेवैज्ञानिक विराषद छ । राना(मगर) काे हैसियत राणाकाे समकक्षी वा राणाभन्दा माथि हुन्थ्याे भने “राणा” लाई “राना” बनाउन सक्थ्याे ।

उता, शाह र साह । ध्वनीकाे हिसावले श/ष/स एकै भएकाे हुँदा तीनै ध्वनीलाई प्रतिनिधित्व गर्ने अक्षर “स” नै लेख्नुपर्छ भन्नेहरूले “शाह” शब्दकाे “श” हटाएर “साह” नै लेख्नुपर्छ भन्ने हिम्मत गरेनन् । किनकि “शाह” भनेका ज्ञानेन्द्र शाहका वंशज हुन भने “साह” भनेकाे चै तराईका दलित हुन् । यदि “शाह” लाई “साह” बनाइदिने हाे भने पारस र ज्ञानेन्द्र तरवार लिएर आउनसक्छन् भन्ने भय भयाे, विद्वानहरूलाई ।

शक्ति र हैसियतका विराषद भएकाे मान्छेहरूकाे छाँयाँबाटै सत्ताधारी पनि डराउँछ । मुर्ति त के शक्ति भएका मानिसहरूकाे नाथे अक्षर फेर्न नि डराउँछन् अक्षरमा तलमाथि भए आफै सिडियाेले सच्याएर “राणा” र “शाह” लेखेर नागरिकताकाे प्रमाणपत्र दिन्छन् । साधरण जनतालाई जस्ताे हप्कि र धम्की गर्दैनन् । तर मगरकाे प्रतिमा मात्रै हाेइन, मगरलाई थातथलाेबाट लखेट्न नि पछिपर्दैनन ।

हाे, शक्ति भनेकाे यस्ताे हुन्छ । नियमकानुन सबैमा समान हुन्छ भनिएता पनि शक्तिसंग अपवाद हुन्छ । स्थापना गरिएका अन्य सबै प्रतिमाहरूलाई राज्यले संरक्षण गर्दछ भने लखन थापाकाे मूर्तिलाई उखेलेर फ्याक्छ । राज्यले नै सहिदकाे मुर्ती बनाउनुपर्नेमा विचरा स्वयम मगरहरूले आफ्नाे गाँस काटेर बनाएकाे प्रतिमालाई भत्काइदिनु कतिकाे न्याय हाे ?

नानाथरीका उट्पट्याङ कविहरूलाई विभिन्न उपमा दिएर प्रमुख सहरका चाेकचाेकमा मुर्ति राखे । तर सरकारले अहिलेसम्म चर्तित कवि भुपि शेरचनकाे एउटा पनि प्रतिमा बनाइदिएकाे छैन । काठमाडाैंकाे नक्शालमा शेरचनका आफन्तहरूले भुपिकाे शालिक बनाउन खाेज्दा बनाउन दिइएन । किन रे भन्दा भुपिकाे पुर्ख्याैली घर मनाङमुस्ताङ रे । अनि उतै शालिक बनाउनु रे । तर लेखनाथ पाैडेल, लक्ष्मीप्रसाद देवकाेटा र भानुभक्त आचार्यकाे चाहिँ राज्यले नै अधिराज्यका मुख्य सहरहरूमा बनाउन मिल्ने । मुन्धुम पढ्नेहरूकाे घना वस्तिसहर धरानमा रामायण लिएर बसेका भानुबाजेकाे मुर्तिले के भन्न खाेजेका हुन् ?

याे मुलुकमा जातिवादी काे हुन् ? जातीय पुर्वाग्रहकाे आधारमा सरकारले काम गरेका छन् कि छैन ? यसकाे जवाफ झाेलेकमाराहरूसंग छ ?

Facebook Comments

सम्बन्धित

Leave a Comment