“युद्द शिविरमा हिँडेको मान्छे ” राजधानिमा सार्वजानिक

काठमाडौं । वरिष्ठ प्रगतिवादी कवि प्रथाको ‘युद्ध शिविरमा हिँडेको मान्छे’ कविता सङ्ग्रहको राजधानीमा आज एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । वरिष्ठ कविहरु विप्लव ढकाल , डा.अमर गिरी एवं कवि निभा शाह एवं गंगा प्रसाद अधिकारीले मंगलबार संयुक्त रुपमा ‘युद्ध शिविरमा हिँडेको मान्छे’ कबिता संग्रहको मण्डला थिएटरमा विमोचन गरेका हुन ।

नेपालटक डट कममा रिता बुढाथोकी लेख्छिन -“कार्यक्रममा कवि प्रथाको कविता संग्रहमाथि समीक्षा गर्दै कवि निभा शाहले कवि प्रथाका कबिता माक्र्सबादी दृष्टिकोणबाट लेखिएका हुनाले सफल रहेको बताएन् । कविता लेख्दा प्रकृतिको नियमलाई पालना गर्नुपर्ने उनको दाबी थियो । कार्यक्रममा उनले कबि प्रथाको सफल साहित्यिक यात्राको शुभकामना समेत ब्यक्त गरिन।

कवि प्रथाको कविता संग्रहमाथि प्रकाश पार्दै साहित्यकार बिष्णु भण्डारीले कविता समाजसंग जोडिएको हुनु पर्ने र मानिसले भोगेका पीडा, अनुभव र अन्र्तबिरोधलाई समाजशास्त्रिय दृष्टिकोणबाट कबितामार्फत ब्यक्त गरिनुपर्ने बताए । प्रथाका कवितामा जीवन र जगतका सबै आयाम भेट्न सकिने भएकाले प्रथा एक सफल कबि भएको उनले बताए । कार्यक्रममा बोल्दै प्राध्यापक डा. अमर गीरीले कविताले समाजको यथार्थलाई चित्रण गर्नु पर्ने बताए । कबि प्रथाका कवितामा गहिरो बिम्वको प्रयोग गरिने भएकाले सर्वसाधारणले सजिलै बुझ्न गाह्रो हुने उनको भनाईै थियो ।

कार्यक्रममा कवि प्रथाले आफ्नो कविता संग्रहबारे प्रकाश पारेका थिए । उनले कबिता कला र बिचारको सम्मिश्रण भएको बताए । कबिता लेख्दा बिचारलाई मुख्य आधार बनाएर लेख्नु पर्ने र बर्गीय पक्षधरतालाई पनि समेट्नु पर्ने उनको तर्क थियो । उनले आफ्नो कविता संग्रहमा भएको ‘युद्ध शिविरमा हिँडेको मान्छे’, अनेकोटकी प्रेमिका, र भगबान शिर्षकका कविता वाचन गरेका थिए । प्रथाको कविता संग्रह ‘युद्ध शिविरमा हिँडेको मान्छे’मा ४९ वटा कविताहरु समाबेश गरिएको छ ।

नेपालमा तत्कालिन नेकपा माओबादीले संचालन गरेको १० वर्षे जनयुद्धको भोगाई र जनयुद्धको तत्कालिक अवस्थाका बारेमा कविताका माध्यमबाट कलात्कम रुपमा प्रस्तुत गरिएको हुँदा प्रथाको कविता संग्रह उत्कृट मानिएको छ । माक्र्सबादी चिन्तनमा चुर्लम्म डुबेर बिम्व र प्रतिकको ब्यापक प्रयोग गरी कविता लेख्नु कवि प्रथाको आफ्नै बिषेशता हो । धारा प्रबाह कविता बाचन गर्न सक्ने अद्भुत क्षमता भएका कबि प्रथाको कविता यात्रा २ दशक भन्दा बढि देखिन्छ । ‘युद्ध शिविरमा हिँडेको मान्छे’ उनको दोस्रो कविता संग्रह हो । “

Facebook Comments

Related posts

Leave a Comment