कार्यालय परिसरमा मन्दिर बनाउन नपाउने

खोटाङ, भदौ २८ । खोटाङ जिल्ला समन्वय समीती र आदिवासी जनजाति महासंघ, खोटाङ विच हिजो बसेको बैठकले समन्वय समीतीको कार्यालय परिसरमा कुनै पनि मन्दिर बनाउन नपाउने सहमति भएको छ ।

खोटाङ जिल्ला समन्वय समीती कार्यालय परिसरमा हिन्दु मन्दिर निर्माण शुरु भए पछि आदिवासी जनजाति महासंघ खोटाङले विरोध जनाउदै गत जेठ २९ गते निर्माण कार्य स्थगित गर्न ज्ञापन पत्र बुझाएको थियो ।

बन्दै गरेको मन्दिरलाई मन्दिर नबनाई अन्य प्रयोजनमा ल्याउन जिल्ला समन्वय समीतीबाट ३ जना र आदिवासी जनजाति महासंघबाट ३ जना गरी ६ सदस्य कार्यदल समिति समेत बनेको छ ।

Facebook Comments

Related posts

Leave a Comment