लेख -हिन्दु माफियाको नाङ्गो अतिक्रमण

– बलदिप प्रभाश्वर चाम्लिङ —

धर्मका आडमा अरूलाई भुसुनाजत्ति पनि नपत्याएर यहाँ हिन्दुमाफियाले नाङ्गाे अतिक्रमण गरेका छन् ।

कुनै पनि विमानस्थलकाे परिसरभित्र कुनै पनि संरचनाहरू निर्माण गर्न पाइन्न । त्याे पनि अन्तर्राष्ट्रिय विमानस्थलकाे परिधिभित्र झनै कडा नियम हुन्छ । त्यस्ताे क्षेत्र त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सार्वजनिक स्थल हाे ।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भूपरिसरमा अतिक्रमण गरिएकाे छ । याे तलकाे तस्वीरमा देखिएकाे हिन्दुमन्दिर र त्यस छेउमै ठड्याइएकाे महल हाे । याे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे दक्षीण-पश्चिम(काेटेश्वर तीनकुने) परिसरमा मिचेर बनाइएकाे छ ।

याे नाङ्गाे अपराधिक हर्कत विरूद्ध किन बाेल्दैन, सत्ताधारीहरू ? कहाँ छन्, आफूलाई बुद्धिजीवी र मानवअधिकार भनाउदाहरू ?

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश र मन्त्रीहरू विदेशभ्रमण जाँदा त्याे अतिक्रमित स्थलकाे छेउबाटै त्यसलाई नियाल्दै एयरपाेर्ट पुग्छन् । तर तिनीहरूले थाहा नपाएझैं गर्छन् । हाम्रा झाेलेगुलाम नेता तथा सांसदहरू त त्यही ठाउँबाट पाती चढाउदै पैदल नै हिडिरहेका हुन्छन् । तर विभेदकाे सुईकाे पाउदैनन् ।

कहाँ छन् पत्रकारहरू ? किन याे कुराकाे समाचार बनाइन्न, फिचर बनाइन्न ? याे अतिक्रमित ठाउँकाे नाकै छेउमा आफूलाई देशकाे नम्बर वान दैनिक पत्रिका भन्ने अन्नपुर्णपाेष्ट र कान्तिपुरका गगनचुम्बी कार्यालय छन् । तर तीनकाे समाचार रामबहादुर बम्जनहरूले जंगलकाे खाली जग्गामा गुम्बा बनाउन लाग्याे , क्रिश्चयनहरूले गाउगाउमा चर्च बनाउन लाग्याे भन्ने मात्र हुन्छ ।

हिन्दुले मिचेर त्यहाँ मन्दिर बनाइरहँदा बिजुवाकाे आत्मामा आएर पारूहाङले साकेलाथान त्यही त्रिभुवनविमानस्थलभित्र नै बनाउने आदेश दियाे भने किरातहरूले त्याे गर्न पाउने कि नपाउने ? यदी हिन्दु मन्दिर त्यहाँ हुँदा गुम्बा र चर्चले पनि त्यहाँ स्थान पाउने कि नपाउने ? काठमाडाैंका गल्लीगल्लीहरू र पशुपतिनाथले त्यत्राे जमिन ओगटेर पनि नपुग्नेहरूले त्याे विमानस्थलकाे जमिन हडप्नुकाे पछाडी के छ ? याे देश एकल जातीय छ ।

Facebook Comments

Related posts

Leave a Comment