सिँदुरेढुङ्गा लघु जलविद्युत पुन सञ्चालन

खोटाङ , साउन ३०।
करिब वर्षदिन अघिदेखी बन्द रहेको बाकाचोलको सिंदुरे ढुङ्गा लघु जलविद्युत आयोजना गत साउन २८ गतेबाट पुन : सञचालनमा आएको छ । पुरानो समितिलाइ बिघटन गरि नयाँ समिति निर्माण गरेपछी सो समितिले मर्मत कार्य सम्पन्न गरि पुन : सञ्चालनमा ल्याएको हो । विषेश गरि काठामडौँमा रहेका बाकाचोलबासिहरुको पहलमा केहि महिना अघि हेमकाजी पुरिको अध्यक्षतामा नयाँ समिती गठन गरिएको थियो । मर्मत कार्यमा करिब चालीस लाख जति लागेको समितिका कोशाध्यक्ष टिकाराम पुरिले जानकारी गराए । समितिले २८ गते आयोजनाको उद्घाटन गरेको हो ! ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाको प्रमुख आतिथ्य र बाकाचोला वडाअध्यक्ष सन्तविर तामाङ्को विशेष आतिथ्यमा सम्पन्न सो उद्घाटन कार्यक्रममा निरौलाले बाकाचोल , राखा र ज्यामिरे मा टेलिफोनको समस्या भएकोले तत्काल टावरको लागि पहल गर्ने समेत जानकारी गराए । सो आयोजनाबाट बाकालोलका करिब ६ सय घर परिवार लाभान्वित भैरहेकाछन !

Facebook Comments

Related posts

Leave a Comment