कविता – अस्तित्वको लडाइँमा मेरो अस्तित्व

अस्तित्वको लडार्इमा मेरो अस्तित्व
-कुसुम आचार्य “प्रकृती” , दिक्तेल

हरेक साँझ ,
जब म घाँसको भारि बोक्दै उकालो चढ्छु
निधारबाट हाम फाल्न आटेका पसिनाका थोपाले
घामका किरणलार्इ इन्द्रेणि बनाउछन्
म दङग पर्छु अस्ताउन लागेको घामको चमक देखेर ।

म त्यहि गोधुलीको घाम सिरानीमा राख्दै सुत्छु
पुग्छु कल्पनाको नयाँ गगनमा बल्ल थाहा पाउछु ,
घाम चहक हुँदै मुढे माथि गएर डुब्नुको अर्थ त
अर्को नयाँ संसारलार्इ उज्यालो बनाउनु पो रहेछ
भोली विहान ट्याम्केबाट नउदाए सम्म ।

यतिकैमा मेरा अवचेतन मनहरुले सोहि नौलो संसारमा
डोर्‍याँउछ जहाँ अनेकन आवाज गुञ्जन्छ ,
र म मसतिष्कहरुलार्इ उत्तर पठाउछु ,त्यो संसारका महिलालार्इ
त्यो संसार जहाँ त पाँच दशक अगाडि नै उनीले पृथ्वि छाडेर
अन्तरिक्षको यात्रा गरिसकिन अरे !!

मैले पनि त हरेक माघमा एक महिनै भरी स्वस्थानीका
देवगणहरुलार्इ पुष्पविमान चढाएकि छु नि
अनि मैले हातमा रगत र पसिनाको फोका उठाउदै चलाएको
जाँतोको आवाज ठ्याक्कै जहाजको झै हुन्छ नि त !!

फरक यति नै हो
मैले घुमाउने जाँतोको हातोले रकेटको स्टेरिङ चल्दैन अरे
अझै सुन्छु मलार्इ परिश्रम गर्न आउदैन अरे
मैले आँसुका नदिहरुमा बनाएका भावनाका पुलहरुमा
हिड्दैनन अरे त्यो संसारका मान्छेहरु
र आवाज गुञ्जन्छ मलार्इ दुख गर्न आउदैन अरे !!

मैले कपास बाटेर काटेका बतीहरुले उनीहरु
लाख बती र दियो बाल्दैनन अरे
अनि मैले कुँदेका सिन्के बुट्टा भएका टपरिमा
उनीहरु प्रसाद खादैनन अरे !!
सुनाउछन म संग कला छैन अरे !!

हो,
म त त्यो सुखै सुखमा हुर्किएकि केटि
जहाँ हराएका अत मेट्ने मेलम्चिका
थेम्स र मिसिसिपी छन् ।
त्यसैले बारम्वार म ती संदेशहरुमा प्रत्युत्तर गरिरहन्छु
हे मस्तिष्क यो संसारका महिलाहरुलाइ भनिदिनु
म त त्यो देशकी चेली हुँ !!
जहाँ बर्षेनी बजेट लगाएर बनाएका कर्णालिका
लण्डन र न्युयोर्कका
शिष महलमा छौपडि प्रथा भोगेकी छु ।

मलार्इ गरिब भन्नेहरलार्इ भनिदिनु
म त ऋणको धनि तर गरिब बाउको धनाड्य छोरी
जस्ले लाखौ सम्पतिका दाइजो तिम्रा आधुनिक
देशमा पनि भित्र्याउन सक्छे ।

अनि
मलाइ साहस र हिम्मत छैन भन्ने उनीलाइ
यो पनि सुनाइ दिनु –
जब तिमि पृथ्वीमा डराएर चन्द्रमा जाने तयारी गर्दै थियौ
त्यति बेला म त आफु भन्दा तीस बर्ष जेठो श्रीमान् संग
सति गर्इ राखेकी थिए ।
र तिमिले पृथ्विमा कतै आगो देखेथ्यौ भने त्यो मेरो ज्वाला थियो ।
र म रंग धैर्यता छैन भन्थ्यौ रे !
यो छ कि खब्र पठाएकी छु ,
म त त्यो दुनियाँकि चेलि हो जो चौध बर्ष श्रीमानको प्रतिक्षामा
राक्षसको पिञ्जडामा बसेर पनि अग्नि परीक्षा दिन तैयार हुन्छन् ।
त्यसैले उनको संसारमा महिला हिंसा बलत्कार भए भनिदिनु
म त त्यो पवित्र भूमिको दिदी बहिनी हुँ
जहाँ भगवान गौतम बुद्धलार्इ सप्तरङ्गि टिका लगाएर पुजेकी छु ।

अझै मेरा कानमा गुञ्जिन्छन्
यहाँ नारि प्रति सम्मान र बलियो कानुन छैन रे
म त यो गणतान्त्रिक नयाँ नेपालको नारी
जहाँ कानुन बनाउने नारी सभामुस छिन
र हेरचाह गर्ने महिलै राष्ट्रपति छिन् ।

यस्ता अमिट सम्बाद र विवद हुँदा हुँदै
म दिवा स्वप्नाबाट हराउछु र आर्इपुग्छु
आफ्नै रङ्गिन तर रङ्गहिन साधा जीवनमा
पुस्तै पुस्ता झै ………

सदा झै निधारमा नाम्लो भिरेर हातमा हसिया बोकेर
जीवनको निकट तर बिकट बाटोमा खोज्न हिड्छु ;
अस्तित्वको लडार्इमा मेरै अस्तित्व !!

Facebook Comments

सम्बन्धित

Leave a Comment