कविता – मालिक

— स्नेह सायमी —

उक्ल भन्नु भो, उक्लेँ
ओर्ल भन्नु भो, ओर्ले
जुन दिन मानिनँ झर्न
त्यो दिन खसालिदिनु भो, खसेँ ।

मालिक !
किन यस्तो गर्नुहुन्छ
कि उकाल्दै नउकाल्नु
उकालेपछि सितिमिति नझार्नु ।

मालिक !
तपाईको खटनपटनबाट थकित हामीहरु
एकदिन हामी सबै मिलेर
एकैपटक उक्लिन्छौँ
र झार्नेछौँ तपाईलाई ।

(अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Facebook Comments

Related posts

Leave a Comment