कविता – जीवन

अरुणिमा, कविता

— सङ्गीत स्रोता —

तिम्रो बाटो
कसैले पनि छेक्दैन भने

तिम्रा खुट्टा
कसैले पनि तान्दैन भने

प्रहार गर्न तिमीलाई
कोही तयार पनि छैन भने

जुध्न भनेर तिमिसँग
कोही आइरहेको पनि छैन भने

तिमीलाई कसैले घचेटिरहेको पनि छैन
र, कसैले लखेटिरहेको पनि छैन भने

तिम्रो मुटु नै दुख्ने गरी
कुनै चोट पनि लाग्दैन भने …

मलाई शंका छ साथी
साँच्चै, के तिमी जिउँदै त छौ ?

(अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Facebook Comments

Leave a Reply