सूत्रकथा – कुमार काफ्ले

१.  सपना विपना
– मीठा गफ गरेर सुन्दर सपना देखाउँथ्यो ।
– संसार घुमाउँछु भनेर सीमापारि पु¥याउँथ्यो ।
– उनी ठूलो शहरको महलमा सुखद् कल्पनाकाशमा विचरण
गर्दै गर्दा ऊ पैसा पोको पारेर फर्किसकेको हुन्थ्यो ।

२ .  विक्री
– कति किन्छ्यौ मात्रै अब बेच !
– मसँग के छ र बेच्नु ?
– यौवनले मत्त रूपवान् शरीर !!
– बरु भोकै मर्न र तँजस्तालाई मार्न तयार छु, शरीर बेच्दिनँ ।

३ .  दैनिकी
– पहिलो हप्ता माया ममता र स्नेह दर्साइयो ।
– दोस्रो हप्ता विशिष्ट अतिथिलाई सत्कार गर्न पठाइयो ।
– तेस्रो हप्ता ठूला व्यवसायी र उच्च पदस्थ कर्मचारीहरूसँग
सहवास गराइयो ।
– त्यसपछि जो आउँछन् उसैलाई खुसी पार्न बाध्य बनाइयो ।
– परिणाम, शरीरमा रोग र मनमा पछुतो र विद्रोहको ज्वाला !

४ . अनुभव
– गाउँमा के छ र ? शहर जाम् हिँड पुतली, धेरैथोक देख्न
पाइन्छ ।
– यो शहर त के हो र अझ ठूलो शहर जाम्, रेल चढ्न
पाइन्छ ।
– अब यही महलमा बस्ने, धेरै अनुभव कमाइन्छ ।
– अनुभवको निष्कर्ष ! शत्रु पनि यो नर्कमा आउनु नपरोस् ।

५ . नर्क स्वर्ग
– महलको नर्कबाट चाहेर पनि सजिलै फर्किन सकिनन् उनी ।
– एउटा दयालु यौनपिपासुको सहयोगमा भाग्न सफल भईन् ।
– सबभन्दा पहिला मौका पारेर कचियाले रेटेर दलालको
हत्या गरिन् ।
– अनि कारावास गइन् ः महलभन्दा कारागार उनलाई स्वर्ग
जस्तै लाग्यो ।

(अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Facebook Comments

Related posts

Leave a Comment