अरुणिमा साहित्य, (बैशाख – असार, २०७४) अनलाइन पढ्नुहोस

साहित्य वर्तमान समाज र समयभन्दा पर रहेर बाँच्न सक्दैन । समाज एवं समयको स्वर र संवेदना टपक्कै टिपेर सिर्जनशिल मनहरूले सुन्दर गुच्छा बुनेपछि तागतिलो साहित्यको जन्म हुन्छः कविता, कथा, निबन्ध र उपन्यासको रूपमा । यसरी साहित्यमा समाज र समयको प्रष्ट आकार र मुहार कोरिएको हुन्छ । अतः साहित्यमा समाज र समय स्पष्ट देख्न र अनुभव गर्न पाउछौँ हामी । त्यसो त साहित्यले समाज र समयलाइ रखबारी गर्दै सही मार्गनिर्देश गर्न विशेष भूमिका निर्वाह गर्नुपर्छ । यो बेला झनै साहित्य विभाजित छ । एकातिर बहुमतमा मुलुकमा नयाँ परिवर्तनको गर्भधारणलाई तुहाउने प्रयत्नमा उद्धत छन् प्रतिगामी तत्वहरु, नवधनाढ्यहरु, नव संसोधनवादीहरु, लठैत दलालहरु र हल्लाको ठेकेदार साहित्यकारहरु । जसको खिलाफमा उत्रेर समाज र समयलाई सही मार्गनिदेश गर्नु आजको आवश्यक्ता हो । तसर्थ हामी हाम्रो सानै कदमबाट भएपनि सक्दो रुपान्तरणमुखी समाज र समयलाई सार्थक बनाउन बोकेको सोच र सपनालाई साकार पार्न प्रयत्नशील छौं । आशा छ तपाईहरुको सक्दो सहयोग रहनेछ । धन्यवाद । बाँकी अर्को अङ्कमा । – प्रधान सम्पादक

अरुणिमा (माघ–चैत्र, २०७३) अनलाइन पढ्नुहोस

arunima-baisakh-asar-final

 

Facebook Comments

Related posts

Leave a Comment