कविता – अनुरोध

– शुभचन्द्र राई —-

किर्ते गरेर मनको सहिछाप
मायाको तमासुक बनाए पनि
प्रमाणित भएन त्यो मनहरुको कचहरिमा
चोरेर लेखेको भावनाको उत्तरपुस्तिकाले
पास गराएन जिन्दगिको परीक्षा ।
मनहरुको वसन्तमा
चोरेको पृतको बिरुवा
कसैको मुटुको बारिमा रोपेको भएपनि
फुलेन कुनै भ्यालेन्टाइनमा
कोपिलामै ओइलाएर उजाड छ जिवनको बगैँचा
तर, अब यसपाली
दिँदैछु जिवनको अन्तिम परीक्षा
मनको बगैँचामा अन्तिम पटक सार्दै एउटा गुलाफको बोट
यदि म पास भएँ भने त्यो परीक्षा
बचाएँ भने त्यो गुलाफको बोट
पृय ! तिमी त्यसको माली बनिदिनु ल ।

Facebook Comments

Related posts

Leave a Comment