अशोक राईलाई बदनाम गर्न खोज्नेलाई युवराज कार्कीको कडा जवाफ

युवराज कार्की

संघिय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता , संसदिय दलका नेता र पार्टीका सम्भवत सबैभन्दा मेच्युअर नेता अशोक राई प्रति आक्रमक रूपमा मानमर्दन गर्दै पत्ता साफको डिंगाको सरापको शैलीमा सामाजिक संजालमा अभिव्यक्ति आउनु कुनै अनपेक्षित सवाल हैन।

जातिय विभेद, बहिष्करण, असमानता, अपहेलनाको यथास्थितिको पक्षपोषण गर्दै शत्ता, शक्ति र सम्पत्तिमा निर्लिप्त हुने या यो स्थितिलाई पल्टाएर विभेदको स्थानमा विभेद मूक्त, बहिष्करणको स्थानमा समावेशीकरण, असमानताको स्थानमा समानता र अपहेलनाको स्थानमा सम्मानको पक्षपोषण गर्दै समाजको सकरात्मक रूपान्तरणको सवालमा यथास्थितिको बिद्रोह गर्ने हिम्मत धेरै कममा नै हुन्छ।

निस्चित रूपमा जातिय यथास्थितिका हिमायतीहरूका लागि यस्तो बिद्रोह “घृणित जातिय सवाल”हुनु कुनै अनौठो विषय होइन। उनिहरूका लागि त यथास्थितिको जातिय बिभेद, बहिष्करण, असमानता र अपहेलनालाई उत्पिडित पक्षले टाउको निहुराएर युगौ देखिको सह अस्तित्व या भगवानले वनाएको विधी विधानको रूपमा स्विकार्नु मात्र जाति भन्दा माथिको आदर्श बाटो हुने नै भयो।

अशोकले युगौ देखिको स्थापित मान्यतालाई चुनौति दिदै सत्ता, सम्पत्ति र शक्तिको तिलन्जालि मात्र हैन अल्पमतमा रहन पनि स्विकार गर्ने साहस गरेकै हुन। उन्ले आत्मसात गरेको जातिय सवाल कुनै सामाजिक राजनीतिक रूपमा स्थापित बहुमतको स्थूल सवाल थिएन। प्राकृतिक नियम नै हो परिवर्तन या सृजना सुक्ष्मबाट स्थूलमा रूपान्तरण क्रमिक रूपमा हुन्छ। युगदृष्टाले यहि नियम संगत विकासलाई छिटो या तेज रफ्तार प्रदान गर्ने मात्र हो।

वर्तमानको बहुमतले भलै यस्ता युगदृष्टालाई उचित मुल्याङ्कन गरोस या नगरोस् तर ईतिहासको लामो कालखण्ड सम्म जिवन्त र सम्मानित गरेको पाईन्छ। वर्तमान अवस्थाको यथास्थितिलाई आफ्ना विलक्षण तार्किक पतिभाले पक्षपोषण गर्ने नै स्थापित मान्यता अनुसार वर्तमानका विद्वान मानिन्छन।

सकरात्मक रूपान्तरणको जति सुकै अकाट्य तर्क द्वारा प्रमाणित गरे पनि त्यस्तो परिवर्तन परिपक्क नहुन्जेल सम्म उनिहरू समाज भंडुवा चतुर वाचक या शुक्रचार्य ( दैत्य गुरू) नै मानिन्छन। यस्तै यस्ता आरोप लाग्नु नितान्त अपेक्षित र स्वभाविक नै हो।

परिवर्तनको प्रजातन्त्रिक बाटो अपनाउने नेतृत्वलाई यथास्थितिका हिमायतीहरुले दैत्य रूपमा प्रस्तुत गरेनन या प्रसंशा गरे या वास्तै गरेनन् भने बरू चिन्ताको विषयका रूपमा बुझ्नु पर्दछ ।कीनकी यस्को अर्थ हो उस्का कृयाकलापले कुनै तात्विक असर परेन भन्ने बुझ्नु पर्दछ। यस अर्थमा संघिय समाजवादी फोरम, नेपालका अरू थुप्रै नेतृत्व पंतिलाई खुईल्याउने खासै कोशिस नहुनु बरू चिन्ताको विषय हुन सक्दछ।हुनत भेदको रणनीति पनि हुन सक्दछ।

यथास्थितिका हिमायती शाम दाम दण्ड भेद सबै अपनाउन चुक्ने छैनन्।उत्पिडित जातिको मत आएन,कुनै स्थान नै पहाडमा जितेन भन्दै अशोषकको पत्ता साफ भन्नेहरूले पुर्वी पहाडी हरेक जिल्लाको प्राय एक दुई वडा अध्यक्ष र सयकडौं संख्याका सदस्य जितको सार्बजनिक भै सक्दा पनि ढाट्नु खोज्नु गोयबल्स शैली भएको बुझ्न अप्ठ्यारो छैन।

जातिय मुक्ति र पहिचानको सवाल कुनै नुतन विषय लिएर संघिय समाजवादी फोरम नेपाल पहिलो चोटी देखा परेको शक्ति होइन। ईतिहासमा पहिलो पटक प्राय सबै स्थानीय तहमा आफ्नो उपस्थिति दर्ज गर्दै सत्तरी वर्षका राजनीतिक शक्तिलाई ललकारेको र राष्ट्रिय रूपमा विकल्प दिन शफल भएको र वडातह सम्म संगठन विस्तार गरेको चांहि पहिलो पटक हो। यो भलै फिलुङ्गो नै किन नहोस तर जंगल डढाउने शक्ति राख्दछ भन्ने सावित भएको छ।

यत्ति मात्र हैन जातिय मुक्तिको विचार जतिसुकै घृणित भनेर लान्छना किन नलगाउन यहि आवाजको कारण उनिहरू आफै पहिलो पटक समुदायगत उपस्थितिलाई उमेदवार दिदा सम्बोधन केहि हदसम्म गर्न बाध्य भएको छन। एउटा पाटोमा यो पनि शफलता नै हो।

आज जातिय मुद्दामा विजयको हल्ला गर्नेहरूले यहि मुद्दामा चुनाव लड्ने हिम्मत पनि गर्न सकेनन्। हुनत चुनावी मुद्दा या प्रतिज्ञापत्रको पनि के नै अर्थ छ र जब राज्य शत्ता , शंयन्त्रको दुरोपयोग, बैध अबैध धांधली , अकुत शम्पत्ति र चुनावी आचार संहिताको धज्जी उडाएर चुनाव लडिन्छ भने ? आज यस्ता दुष्कर्म गर्ने काममा आफ्नो महानता देख्नेलाई जनताले एक दिन गतिलो जबाफ दिने नै छन।

भलै आज परिवर्तनकामी शक्ति निर्णायक नहोस तर गतिलो सुरूवात भएको छ र यथास्थितिवादी को निद हराम सुरू भै सकेको छ। अशोक माथिको बर्बराहट यस्कै स्पस्ट संकेत मात्र हो।
धन्यवाद । जदौ।

युवराज कार्की
वरिष्ठ उपाध्यक्ष– संघीय समाजवादी फोरम नेपाल ।

Facebook Comments

Related posts

Leave a Comment