खोटाङका साहित्यकार श्रीराम राइको बालकथा सङ्ग्रह सार्वजानिक

काठमाण्डु, ८ असार ।
साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका खोटाङका साहित्यकार श्रीराम राईको बालकथा सङ्ग्रह ” टोली नेता ” सार्वजानिक भएको छ ।

मंगलबार काठमाडौँमा विमोचन उक्त बाल कथा सङ्ग्रह राइले सार्वजानिक गरेका हुन । विमोचन कार्यक्रममा बोल्दै मधुपर्क सम्पादक तुलसीहरि कोइरालाले सात बालकथामध्ये पाँच ग्रामीण , एक काठमाण्डु र एक परिवेश नखुलेका एवँ बालमनोविज्ञान बुझेर लेखिएका सबै कथाहरू विद्यार्थीका लागि निकै उपयोगी भएको बताए ।
बाल साहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठले कार्यक्रममा सभाध्यक्षको तर्फबाट बोल्दै भने, ‘ग्रामीण परिवेशलाई समेटेर लेखिएका बालकथाहरू आउनु आफैंमा सराहनीय पक्ष हो ।’
त्यसै गरी साहित्यकार टंक भट्टराईले ,खोटाङमा जन्मिएका राईको कविता, लघुकथा र बालकथामा स्थानीय रङ पाइन्छ। उनले कृतिमा खोटाङका नदीनाला, देउराली – भन्ज्याङ र जनजीवनको चित्रण रहेको बताएका छन् ।
विएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको कृतिमा सात बालकथा समावेश रहेका छन् । कविता , गजल , लघुकथा , बालकथा आदि लेल्हिरहने राइको यो पहिलो पुस्तकाकार कृति हो । उनि युवा पुस्ताका जुझारु एवँ सकृय लेखक हुन् । उनका सिर्जनामा खोटाङ बासिका जनजीवन, रहनसहन, नदीनाला, हावापानी , प्रकृति चित्रण पाइन्छ ।

मधुपर्क मासिकका सम्पादक श्रीओम श्रेष्ठको प्रमुख आतिथि भएको उक्त कार्यक्रममा डा. पुष्करराज भट्ट , कान्तिपुर सञ्चारकर्मी दामोदर न्यौपाने , गोरखापत्र दैनिकका त्रिभुवनचन्द्र वाग्लेले , साहित्यकार छविरमण सिलवाल, क्रान्ति पाण्डे लगायतले आफ्नो मन्तव्य एवँ शुभकामना प्रदान गरेका थिए ।

त्यस्तै साहित्यकार यमुना अधिकारी पराजुलीले संग्रहका बालकथाहरू कान्तिपुर कोपिला, नागरिकको जूनकीरी, अन्नपूर्ण अंकुर र मुनामा पहिल्यै पढेको र यसरी प्रकाशित भएकोमा खुसी व्यक्त गरिन् ।

राई अरुणिमा साहित्यका पुर्व सह सम्पादक एवँ भावना साप्ताहिकका पुर्व उपसम्पादक समेत हुन । खोटाङ दोर्पा चिउरिडाँडाका राई हाल कठमाडौँ बसेर साहित्य सिर्जना गरिरहेका छन !

Facebook Comments

Related posts

Leave a Comment