प्रदर्शनरत ‘तारेभीर’को शिर्ष गीत सामाजिक सञ्जालमा

काठमाडौं,  ७ असार । गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको फिल्म ‘तारेभीर’ को शिर्ष गीत सामाजिक सञ्जाल युट्युभमा सार्वजनिक भएको छ ।

फिल्मको ‘तारेभीरको सुसाईमा’ बोलको गीत रिलिज भएको हो । सोही फिल्मको लीड नायिका बिष्णु चेमजोङको सुमधुर आवाजमा सजिएको ‘तारेभीरको सुसाईमा’ गीतलाई सनुप पौडेलले संगीतबद्ध गरेका छन् । शब्द भने निर्देशक प्रेम सुब्बाको रहेको छ । अहिले प्रदर्शनरत सो फिल्मको लीड अभिनेत्री बिष्णु चेमजोङ भने नेपाल बाहिर रहेकी छन् । उनी अभिनेत्री मात्र नभएर चर्चीत गायिका पनि हुन् ।

गत साताबाट दर्शकमाझ रिलिजमा आएको सो फिल्मले दर्शकहरुको राम्रो साथ पाईरहेको छ । उनिहरुले फिल्म राम्रो रहेको र एक पटक सबैले हेर्नु पर्ने प्रतिक्रिया पनि दिएका छन् । फिल्मले हाम्रै समाजजमा रहेका समसामयिक बिषयवस्तुुलाई आकर्षक रुपमा पर्दामा प्रस्तुत गरेका छ । फिल्मलाई नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा देउ कृष्ण देवानले निर्माण गरेका हुन्, भने पाका कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा बिष्णु चेमजोङ, रेखा फागो, नविन कार्की, डि।के। देवान, प्रेम सुब्बा लगाएतको मुख्य भुमिका रहेको छ ।

भिडियो

Facebook Comments

Related posts

Leave a Comment