नुनथलामा पखालाको प्रकोप

खोटाङ , असार ५ ।

रुपाकोट मझुवागढी १३ नुनथलामा झाडा पखाला रोगको प्रकोप बढेको छ । स्वास्थ्य चौकी नुनथलाका अनुसार हिजो र आज गरि करिब तीस जना जति पखालाका बिरामी उपचारार्थ चौकी आएको बताए । स्वास्थ्य चौकिले अझै प्रकोप बढ्ने सम्भावना भएकोले जिल्ला अस्पतालबाट पर्याप्त मात्रामा आजै औषधि ल्यासकेको छ । केहिदिनदेखी पानी अत्याधिक पर्न थालेकोले पानीको मुहानमा भलबाढी पसि दुषित पानी आएर पाखाला लागेको स्थानियबासिको भनाइ रहेकोछ । ” यो बेला उमालेर मात्र पानी पिउनु ” भनेर बिरामिलाइ भन्ने गरेको नुनथला चौकिका एक स्वास्थिकर्मिले बताए ।

Facebook Comments

Related posts

Leave a Comment