दर्शकहरुको प्रतिकृयाले ‘तारेभीर’ टिम दंग

काठमाडौं, ४ असार । गत शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘तारेभीर’ले दर्शकहरुको राम्रो साथ पाईरहेको छ । ‘तारेभीर’ मोफसलका ३७ वटा हल र काठमाडौं उपत्यकाको ११ वटा हलमा प्रदर्शन भैरहेको छ ।

फिल्मले दर्शकहरुको ध्यान तान्न सफल भएको छ । फिल्मले हाम्रै समाजमा हुने विभिन्न अपराधिक घटनाहरुलाई नेपाल प्रहरीले कसरी निर्मुल पार्र्न सक्छन् भन्ने कुरालाई जोेड दिइएको छ । त्यस्तै, फिल्ममा महिला प्रहरी अधिकृतलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ, जस्ले हाम्रो समाजमा रहेका महिलाहरुलाई अघि बढ्न प्रेरणा दिन्छ ।

फिल्ममा नयाँ कलाकारहरुलाई प्रस्तुत गरिएको छ । नयाँ कलाकारहरुको ‘तारेभीर’ भएपनि सबै कलाकारहरुले आ आफ्नो पात्रलाई न्याय गरेका छन् । फिल्मको निर्देशक प्रेम सुब्बाले समसामयिक बिषया वस्तुलाई नै ‘तारेभीर’ मार्फत उत्कृष्टता पुर्वक पर्दामा प्रस्तुत गर्न सफल भएका छन् । फिल्मले नेपाल प्रहरी प्रशासनको सकारात्मक पक्षलाई सशक्त रुपमा प्रस्तुत गरेकोछ ।

फिल्म हेरीसकेका अधिकांश दर्शकहरुले ‘तारेभीर’ उत्कृष्ट फिल्म रहेको बताएका छन् । साथै, उनिहरुले एक पटक सबैले ‘तारेभीर’ हेर्नुपर्ने पनि बताएका छन् । फिल्मलाई नेक्स्ट जेनेरेशन ईन्टरटेन्मेन्टको ब्यानरमा देउ कृष्ण देवानले निर्माण गरेका हुन् । फिल्मको कथा र निर्देशन प्रेम सुब्बाको रहेको छ । फिल्ममा बिष्णु चेमजोङ, रेखा फागो, नविन कार्की, प्रेम सुब्बा, देउ कृष्ण देवान लगाएतको मुख्य भुमिका रहेको छ ।

Facebook Comments

Related posts

Leave a Comment