अनाहकमा भुमुपुत्रहरुलाई आरोप – रेसम चौधरी

रेसम चौधरी, काठमाडौं, ३ असार ।

मेरो घर जल्यो,एफएम जल्यो,गरिखाने होटल जल्यो, गाडिघोडा जल्यो,सुत्ने ओछ्यान देखि लगायका कपडा जले । अनाहकमा दुई बर्ष मागेर,ठेलामा मम बेचेर, स्कुलको होस्टेल वार्डेन बनेर, टेम्पो चलाएर बिताएँ । मेरि श्रीमतीले सबैसँग हात फैलाएर दुइसाल गुजारिन । जो सरकारले क्षतिपूर्ति दिएको कुरा सामाजिक संजाल मार्फत थाहा पाएँ,चिनेजानेका बाट अलिअलि सहानुभूति र सागर भन्दा अपार गाली पाएँ । म दोषी छुँ कि छैन, टिकापुरमा डिउटी गर्ने प्रहरी र स्थानीयलाई सोध्नुहोला । तपाईहरु जसरी मलाई सामाजिक संजालमा गाली गर्नुहुन्छ त्यसरी नै निश्पक्ष छानबिनको मुद्दा उठाइदिनुस् । निश्पक्ष छानबिनका लागि म जस्तोसुकै कठ्घरामा उभिन पनि तयार छुँ तर साथीहरू हो, कहिलेकाहीँ त मलाई लाग्छ कतै तपाईहरु गणेशमानको नेपाली जनता भेंडाको उखान बनिरहनु त भएको छैन ? मैले पाएको करोडमा डाह,ईष्र्या छ भने मेरा जलाइएको सबै सम्पती जस्ताको तस्तै बनाइदिनुस, मलाई क्षतिपूर्ती चाहिएन । म नेपाली हुँ, नेपाली रहन्छुँ तर मेरो पनि एउटा सोधाई छ – यसरी अनाहकमा भुमुपुत्रहरुलाई आरोप लगाएर हामी चोखो बन्न खोज्दैछौँ, भाषा बुझ्नुहोला म ननुहाइकन पन्चस्नान् गर्ने बंशको सन्तान होईन ।

(रेशम चौधरीको फेसबुक वालबाट)

सम्बन्धित समाचार: – टीकापुर घटनाका पीडितलाई सरकारको क्षतिपूर्ति

 

Facebook Comments

Related posts

Leave a Comment