अरुणिमा (माघ–चैत्र, २०७३), अनलाइन पढ्नुहोस

सम्पादकीय
जनयुद्द र जनअन्दोलनमा लाखौं जनताको बलिदानिपूर्ण सहभागिताको कारणले थोरै उपलब्धी लिएर भएपनि संविधान आएको छ जसले गर्दा मुलुकको सङ्घिय शासन प्रणालिमा प्रवेश गर्ने मार्ग प्रशस्त भएको छ । तर पछिल्लो समय कति पय दलहरूकै आफू अनुकुलको राजनैतिक अडानका कारणले मुलुकको राजनीति निक्कै पेचिलो बन्दै गैरहेको छ । यो कुरालाइ समयमै सचेत ढङ्गले उचित व्यवस्थापन गर्न नसके निक्कै ठूलो राजनैतिक सङ्कट मुलुकमा निम्तिने निश्चित छ । यसर्थ अहिलेको प्राप्त भएको उपलब्धिलाई सँस्थागत गर्दै बाँकी उपलब्धी प्राप्त गर्न आन्दोलन र संघर्ष निरन्तर जारी राख्न जरुरी छ । यसरी जनताको जनजिविकाको सवाल एवं जातिय र वर्गिय सवाल खतरामा पर्न नदिइ मुलुकमा स्थाइ शान्ती स्थापनाको मोर्चामा साहित्य मार्फत लामबद्द हुनुपर्छ भन्ने मान्यता अनुरुप हामी फेरि पनि ‘अरुणिमा’ को अर्को अङ्क लिएर तपाइहरु माझ आएका छौँ । हामी के विश्वास गर्छौँ भने राजनीतिलाई सक्रिय , गतिशिल, जनमुखी र सचेत बनाउने महत्वपुर्ण हतियार नै साहित्य हो । किनकी साहित्य र राजनीति एकै सिक्काका दुई पाटा हुन । तसर्थ तपाइँसङ्ग भएका सिर्जनशिल शक्तिहरुलाई हामीसँग हातेमालो गर्ने अवसर दिन हुन समेत हामी अनुरोध गर्दछौँ । त्यस्तै गरि हाम्रो अर्को अभिस्ट भनेकै नेपाली साहित्य जगतमा भएका बिबिध साहित्यिक आन्दोलनहरुलाई विभिन्न स्वरुपमा थोरैथोरै भए पनि तपाईं पाठकहरु समक्ष पस्कने हो । तसर्थ हामीले यो अङकमा विशेषगरि प्रतिगामी निरङ्कुश सत्तासँग सम्झौता नगर्ने परिवर्तनकामी प्रतिपक्षिय साहित्यिक आन्दोलन, “अस्विकृत साहित्य आन्दोलन” को एक अवधारणापत्रलाइ समेत प्रस्तुत गरेका छौँ । आगामी अङकहरुमा यसबारे थप कुराहरु पस्कने छौँ ।
                     – प्रधान सम्पादक, अरुणिमा

अनलाइन पढ्नुहोस  अरुणिमा पत्रिका (माघ–चैत, २०७३) अंक 

Facebook Comments

Related posts

Leave a Comment