एउटा झापाली “बिरालो” बाहिर निस्कनसाथ मान्छेको दिमाग कोतर्न थाल्छ

——–इश्वर अर्याल ,

तराई मधेस या नेपालको कुनै एक इन्च भुभागमा पनि कुनै अर्को ठाउँको मान्छेले सेना लगाएर गोली ठोक्नुपर्छ भन्ने धारणा ब्यक्त गर्छ भने त्यो नै सबभन्दा ठूलो साम्प्रदायिक द्वन्द्वको कारक हो । सुदुर पश्चिमको ‘भीम रावल’ भन्ने एउटा पागल(आजकल गायब छ) ले यो भन्दा अगाडी भन्दै हिँड्ने गर्थ्यो, दुई नम्बर काश्मिर बन्दै छ, सेना लगाउनुपर्छ भनेर । यिनिहरुको कुण्ठा पुर्ती गर्नको लागि मात्र कुनै प्रदेश काश्मिर या खालिस्तान बन्नेवाला छैन । भाषा फरक छ, भेष फरक छ, चलनचल्ती र संस्कृति कुनै अमूक देशको संग केहि मिल्नुको अर्थ राष्ट्रियताप्रती नै शंका गरेर दमन गर्नुपर्छ भन्ने निर्क्योलमा पुग्नु नै राष्ट्रलाई बिखण्डन गर्न अग्रसर गराउनु हो ।

दुई नम्बरमा चुनाव सर्ने कुरा आको छ, असोज २ गतेको लागि । चुनाव राजनीतिक सहमती मै सारिएको हो भन्ने मेरो ठहर छ । तर राजनीतिक बेइमानीमा माहिर मानिएको एउटा ‘झापाली बिरालो’ बाहिर निस्किने बित्तिकै आफ्नो बिषालु नङ्ग्राले मान्छेको दिमाग कोतर्न शुरु गर्छ । हामिलाई मान्य छैन भनेर बाहिर बोलेर जनतालाई उल्लु बनाउने कामको ठेक्का त्यही बिरालोलाई परेको छ । यथार्थ त यो हो कि चुनाव सार्ने नसार्ने कुरा पनि यिनिहरु सबै पार्टीको आफ्नो सत्तास्वार्थ संग जोडिएको छ ।

बेइमानीको अर्को पर्याय, जसले मधेसको नाममा निरन्तर मधेसीलाई नै दुख दिइरहे हालको नयाँ नाम राजपाबाट चिनिन्छन । यिनिहरु पनि जनतालाई उल्लु बनाएर बाहिरी शक्तिको भुमिकालाई मलजल गर्नै बनेका हुन भन्ने कुरामा दुईमत छैन । संबिधान संशोधन बिधेयक यिनिहरुको मागमा आधारित रहेरै तयार गरिएको थियो तर त्यसको अपनत्व लिन नमानेर सरकारकै खेदो खन्न निस्किएका यी चोर माथिका चण्डालहरुलाई मधेसी जनताहरुलाई उल्लु बनाएको आरोपमा फटाफट समातेर जेल राख्दिए हुन्छ ।

चुनाव सरेर आकाश खस्दैन र पाताल पनि भासिँदैन । यो राजनीतिक सहमती कै आधारमा तय गरिएको हो नत्र भने बुटवलमा टायर बालेर सेल्फी लिने, संगठन भित्रबाटै आफ्ना दुई जना होनाहार कार्यकर्ताहरुको हत्या गर्न लगाएर बुटवल बन्द घोषणा गर्न सक्ने महान राष्ट्रबादी पार्टी, कोहलपुरमा आफ्नैलाई खुकुरी हान्न लगाएर आन्तरिक सफायालाई यस्तै यस्तै बेलामा तीव्र बनाउने सोही घरपालुवा पार्टी र त्यस्को ‘छुद्र मुख्तियार’ चुप लागेर बस्नु नपर्ने हो ।

मुख्य कुरा ‘Post election environment’ कस्तो हुन्छ भन्ने हो । परिपक्वताले भन्छ ‘ढिलै होस, तर नेपालको संक्रमणको अन्त्य सुनिश्चित होस ।’ ज्ञानेन्द्र त गद्दी छोडेर निस्के, तर अहिले घरघरमा ज्ञानेन्द्रहरु उत्पादन भएका छन् । उनीहरु अहिलेको प्रधानमन्त्रीलाई ‘असक्षम’ घोषणा गर्न तँछाडमछाड गरिरहेका छन् । काम गर्न सक्ने ठाउँमा भएकोलाई हौसला दिने हो । नत्र मधेसमा पाइला राख्ने बित्तिकै लासले स्वागत गर्नुपर्ने उच्च जातिय अहंकार पालेको रेस्टुरेन्टवाला पिएचडीसंग यसको बिकल्प छ भन्ने कुरा वाहियात हो ।

Facebook Comments

Related posts

Leave a Comment