मंसिरको अन्तिम साता हस्तकला प्रदर्शनी

२२ असोज, काठमाडौ ।

मंसिरको दोस्रो साता काठमाडौको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला तथा अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ । हस्तकला उद्योगबाट उत्पादित वस्तुहरुको राष्ट्रिय एवम अन्तर्राष्ट्रिय रुपमा बजार प्रवद्र्धन गर्नु मेलाको उदेश्य रहेको बताइएको छ ।

नेपाल हस्तकला महासंघ र नेपाल जेम एण्ड ज्वेलरी काउन्सिलको संयुक्त आयोजनामा हुने मेला मंसिरको दोस्रो सातादेखि सुरु भई ५ दिनसम्म चल्नेछ । त्यस्तै, नेपालमा उत्पादित गरगहना अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने पर्याप्त आधार रहेकोले त्यसको प्रवद्र्धन गराउन मेला सहयोगी बन्ने बताइएको छ ।

मेलामा हस्तकला तथा ज्वेलरी गरी कुल ३ सय स्टल रहने र १५ करोड सम्मको प्रत्यक्ष कारोबार हुने आयोजकले जनाएको छ । नेपाल लगायत भारत, चीन, थाइल्याण्ड, श्रीलंका, म्यानमार लगायतका मुलुकको मेलामा सहभागिता रहने आयोजकले बताइएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment