विद्यालयको लापर्बाहिको कारण कक्षा एघारको परिक्षाबाट विध्यार्थी वञ्चित

खोटाङ, ०७४, जेठ २९ ।
विद्यालयको लापर्बाहिको कारण कक्षा ११ को परीक्षा लिनबाट एक विध्यार्थी वञ्चित भएका छन । रुपाकोट मझुवागढी १३ नुनथलाका अर्पणा राई आगामी असार एक गतेबाट सञ्चालन हुन गैरहेको परीक्षाबाट वञ्चित भएकि हुन । उनी जिल्ला सदरमुकामस्थित सरस्वती मावी दिक्तेलमा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययानरत थिइन । बुवा रोशनकिशोरले परीक्षा फारम छुटेकोले परीक्षा दिनबाट छोरी वञ्चित भएको कुरा बताए । आज विध्यालय प्रशानमा गएर कुरा गर्दा शुरुमा विध्यालयका प्र.अ. ध्यानबहादुर राइले जे गर्छौ गर भन्दै कड्किएको तर पछि सहमतिमा आएकोले विध्यार्थिको क्षतिपुर्ती भराउन निवेदन दिराखेको बताए ।

रु. चार हजार दिएर परीक्षा फारम भरे पनि परीक्षामा सामेल हुन नपाएको दुखेसो पिडित विध्यार्थिले बताइन । परीक्षा आइसकेले प्रवेसपत्र लिन जाँदा प्रवेसपत्र नआएपछि फारम छुटेकोथाहा पाएको पिडितले बताइन ।

Facebook Comments

Related posts

Leave a Comment