राजपाद्धारा चुनावको मिति सार्न माग

काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय चुनावको मिति सार्न माग गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा आउन नसक्ने बताए । आफूहरुको सहभागिता विना हुने चुनावको अर्थ नहुने भन्दै राजपाका नेताहरुले राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका छन् ।

तर, सत्तारुढ कांग्रेस र माओवादीका नेताहरुले चुनाव सार्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

राजपासँगको समझदारीमा नै सरकारले बैशाख ३१ का लागि तय भएको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको थियो । राष्ट्रिय जनता पार्टीको सहभागिताका लागि भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव असार १४ का लागि सारेको छ ।

Facebook Comments

Related posts

Leave a Comment